काठमाडौँ। अमेरिकाले गैरकानुनी रूपमा त्यहाँ बसोबास गरिरहेका ७ जना नेपालीलाई निष्कासन गरेको छ।
उनीहरूको निष्कासनमा गिरी, पाठक, डाँगी, पोखरेल र ओली थरका तीन जना रहेका छन्। यसै साता उनीहरूलाई एयर इन्डियाको विमानबाट काठमाडौं फर्काइएको हो। निष्कासनमा परेका चार जना अवैधरूपमा अमेरिका बसोबास गर्दै थिए र नेपाली पासपोर्ट फ्याँकेर लुकिछिपी बस्दै आएका थिए।
अमेरिकी अध्यागमनले उनीहरूलाई नेपाली दूतावासमार्फत ट्राभल डकुमेन्ट प्रदान गरी नेपाल फर्काएको छ। यस डकुमेन्टमार्फत एकतर्फी यात्रा मात्र गर्न सकिन्छ।
अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीति लागू भएकोपछि नेपालीहरूको निष्कासन बढेको छ। यस प्रकारका निष्कासन साप्ताहिक रूपमा हुँदै आएका छन्। केही महिना अगाडि अमेरिकाले चार्टर्ड विमानबाट पनि नेपालीलाई नेपाल पठाएको थियो।










