२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिकित्सकहरु विदेशिने क्रम बढ्नु चिन्ताको विषयः राष्ट्रपति पौडेल



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चिकित्सकहरु विदेशिने क्रम बढ्नु चिन्ताको विषय भएको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालमै स्तरिय स्वास्थ्य सेवा तथा उपचार हुन थालेको छ भन्ने आफैँले अनुभव गरेको बताउनु भयो । स्वास्थ्य सेवामा सुधार हुँदा हुँदै पनि सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको भन्ने गुनासो आइरहेको बतानु भयो । त्यसको परिणाम चिकित्सकहरु विदेशिने क्रम बढ्नु चिन्ताको विषय भएको जिकिर गर्नुभयो । यसलाई रोक्न संवद्ध पक्षले उपयुक्त कदम चाल्नुपर्ने उहाँको सुझाव छ । संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षा जस्ता आधारभुत आवश्यकताको प्रत्याभुतिको व्यवस्था सुनिश्चित गरेको र संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न ध्यान केन्द्रित हुनुपर्ने बताउनु भयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, ‘नेपालमै स्तरिय स्वास्थ्य सेवा तथा उपचार हुन थालेको छ भन्ने आफैँले अनुभव गरेको कुरा मैले पटक पटक भन्ने गरेको छु । स्वास्थ्य सेवामा सुधार हुँदा हुँदै पनि सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको भन्ने गुनासो आइरहेको र त्यसको परिणाम चिकित्सकहरु विदेशिने क्रम बढ्नु चिन्ताको विषय हो । यसलाई रोक्न संवद्ध पक्षले उपयुक्त कदम चाल्नुपर्छ । हाम्रो संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षा जस्ता आधारभुत आवश्यकताको प्रत्याभुतिको व्यवस्था सुनिश्चित गरेको छ । संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पु¥याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न हाम्रो ध्यान केन्द्रित हुनुपर्छ । राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको त्यही भावना र मर्मअनुसार हो ।’

राष्ट्रपति पौडेलले हाल देशको स्वास्थ्य र शिक्षामा गुणात्मक सुधार भएको बताउनु भयो । साथै दक्ष र विज्ञ चिकित्सकहरु नेपालमै उत्पादन हुनु खुशीको विषय भएको बताउनु भयो ।