२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालय शिक्षामा सुधार, विश्वविद्यालयलाई अनुसन्धानमुखी बनाइने



अ+ अ-

काठमाडौँ । सरकारले विद्यालय शिक्षामा देखिएका चुनौतीहरू समाधान गर्न नीतिगत तथा कानूनी व्यवस्था गर्ने बताएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रश्तुत गर्दै शिक्षा प्रणालीमा आमुल सुधार गरिने बताउनुभएको हो ।

राष्ट्रपति पौडेलले विश्वविद्यालय शिक्षालाई ज्ञान, अनुसन्धान र विकासतर्फ केन्द्रित गरिने तथा उद्यमशीलतामैत्री शिक्षा नीति अवलम्वन गरी श्रम बजारमा सीपयुक्त जनशक्तिको अभाव अन्त्य गरिने बताउनु भयो । उहाँले राष्ट्रपतिले पाठ्यक्रम, सिकाइ र अध्यापन विधिमा व्यापक सुधार गरिने र आन्तरिक रोजगारी सिर्जना गरिने नीति अघि सारिएको जानकारी गराउनु भयो ।

अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सुनाउँदै राष्ट्रपति पौडेलले भन्नुभयो, ‘विद्यालय शिक्षामा देखिएका चुनौतीहरुको समाधान गर्न नीतिगत तथा कानूनी प्रवन्ध गर्ने । विश्वविद्यालय शिक्षालाई ज्ञान, अनुसन्धान तथा विकासतर्फ केन्द्रित गर्ने, उद्यमशीलतामैत्री शिक्षाको नीति अपनाई श्रमक्षेत्रमा रहेको सिपयुक्त जनशक्तिको अभावको अन्त्य गर्ने । यसको लागि हालको पाठ्यक्रम सिकाई र अध्यापन विधिमा व्यापक सुधार गर्ने । आन्तरिक रोजगारी सिर्जना गर्ने ।’

सरकारले आन्तरिक रोजगारीमा वृद्धि गर्ने घोषणा गरेको छ ।