९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

आजको आइपीएलः प्लेअफमा पुग्न गुजरातलाई हैदराबादको चुनौती

आजको आइपीएलः प्लेअफमा पुग्न गुजरातलाई हैदराबादको चुनौती
अ अ+ अ-

एजेन्सी । आइपीएल २०२५ को ५१ औं खेलमा आज गुजरात टाइटन्स (जीटी) रसनराइजर्स हैदराबाद (एसआरएच) खेल्दैछन् । गुजरातको घरेलु मैदान नरेन्द्र मोदी रंगशालामा हुनलागेको खेल नेपाली समयअनुसार बेलुका ७ः४५ बजेकाट सरु हुनेछ ।

जीटीका विकेटकिपर-ब्याट्सम्यान जोस बटलरले आज एउटा उपलब्धि हासिल गर्ने मौका रहेको छ । उनले आज १२ रन बनाए आईपीएलमा ४००० रन पूरा गर्नेछन् ।

यस सिजनमा आज गुजरात र हैदराबाद दोस्रो पटक आमनेसामने हुदैछन्। पछिल्लो खेलमा गुजरातले हैदराबादलाई आफ्नै घरेलु मैदानमा ७ विकेटले पराजित गरेको थियो । हैदराबादले अहमदाबादमा गुजरात विरुद्ध अहिलेसम्म जित हासिल गर्न सकेको छैन ।

१२ अंकसहित अंक तालिकामा चौथो स्थानमा रहेको जीटीलाई अब प्लेअफमा छनोट हुन केवल दुई जित आवश्यक छ । यसैबीच, ६ अंकसहित नवौं स्थानमा पुगेको हैदराबाद अर्को हारसँगै प्लेअफ दौडबाट बाहिरिन सक्छ। यस्तो अवस्थामा यी दुई टोलीबीच कडा प्रतिस्पर्धा देख्न सकिन्छ।

आईपीएलमा जीटी र एसआरएच बीच ६ खेल खेलिएका छन् । जसमा गुजरातले ४ र हैदरावादले १ जितेको छ । १ खेल अनिर्णीत रह्यो । दुई टोलीबीच अहमदाबादमा दुई खेल खेलिएकोमा गुजरातले दुवै पटक जितेको थियो । गुजरातले घरेलु मैदानमा २० मध्ये १२ खेल जितेको छ।

जीटीका लागि साई सुदर्शनले सर्वाधिक रन स्कोरर

गुजरातका साई सुदर्शनले पाँच अर्धशतकसहित ४५६ रन बनाएका छन् । कप्तान गिलले ३८९ रन बनाएका छन् भने जोस बटलरले ४०६ रन बनाएका छन् । बलिङमा प्रसिद कृष्ण, मोहम्मद सिराज र इशान्त शर्मा राम्रो लयमा छन् ।

क्लासेन एसआरएचका लागि सर्वाधिक रन स्कोरर

हेनरिक क्लासेन एसआरएचका लागि सर्वाधिक रन स्कोरर हुन् । उनले ९ खेलमा २८८ रन बनाएका छन् । साथै, अभिषेक शर्माले पछिल्ला दुई खेलमा दोहोरो अंकमा रन बनाउन सकेका छैनन् । बलिङमा हर्षल पटेलले राम्रो प्रदर्शन गरिरहेका छन् ।

दुवै टोलीको सम्भावित प्लेइङ–१२:

गुजरात टाइटन्स: शुभमन गिल (कप्तान), साई सुदर्शन, जोस बटलर, वाशिंगटन स्यान्डर, शाहरुख खान, राहुल तेवाटिया, करीम जनात, राशिद खान, साई किशोर, मोहम्मद सिराज, प्रसिद्ध कृष्ण, इशान्त शर्मा।

सनराइजर्स हैदरावाद: प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, अभिषेक शर्मा, इशान किशन, नितिश कुमार रेड्डी, हेनरिक क्लासेन (विकेटकिपर), अनिकेत वर्मा, कामिन्दु मेन्डिस, हर्षल पटेल, जयदेव उनाडकट, जीशान अन्सारी, मोहम्मद शामी, ट्राभिस हेड।