५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रमीक आयोग बनाउनुपर्नेमा नेता कोईरालाको जोड



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा शेखर कोईरालाले श्रमीक आयोग बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

बिहीवार ललितपुरमा नेपाल टे«ड युनियन काँग्रेसले १ सय ३६ औं अन्तर्राष्ट्रिय श्रमीक दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले श्रमीकहरुकै अथक प्रयासका कारण विभिन्न समयका आन्दोलनहरु सफल भएको बताउँदै श्रमीकको समस्या समाधान गर्न श्रम आयोग गठन गर्नुपर्ने कुरामा नेपाली काँग्रेस गम्भीर रहेको बताउनु भयो । उहाँले होटलमा कार्यरत श्रमीकहरुले १० प्रतिशतको कुरा गर्नुभएको उल्लेख गर्दै कानून बनाएर यसलाई अगाडि बढाउन सर्वोच्च अदालतले समेत आदेश दिइसकेको भन्दै नेपाली काँग्रेसले कानून बनाउन अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो । अहिले दुई ठूला अर्थतन्त्र भएका मुलुकबीच व्यापार युद्ध चल्दा विश्वको परिस्थिति नाजुक भएकाले त्यसको असर नेपाललाई पनि पर्ने बताउनु भयो ।

सांसद कोईरालाले भन्नुभयो, ‘हामीले केही हाँसिल गरेनौँ भन्नेकुरा होइन, हामीले हाँसिल गरेका छौँ । तपाईंहरुकै अथक प्रयासले योगदानमा आधारित सामाजिक सुरक्षा, तपाईंहरुको प्रयासले धेरै पहिलादखि ०५१२/०५२ सालदेखिकै प्रयासले यो अहिले सफल भएको छ । अझ यसमा अनौपचारिक क्षेत्रलाई हामीले कसरी सामाजिक सुरक्षामा समावेश गर्ने भन्नेकुरा चुनौतिको विषय भएको छ । यसलाई हामीले अझ गम्भीर रुपमा लिएर अगाडि जानुछ । मैले त धेरै प्रयास गरेँ । नेपाली काँग्रेसले पनि धेरै प्रयास ग¥यो । तर हामीले अझ पनि श्रमीक आयोग बनाउन सकेका छैनौँ । यसको लागि नेपाली काँग्रेस सधैँ तयार रही रहन्छ । साथीहरु होटलमा कार्यरत श्रमीकहरुले जुन १० प्रतिशतको कुरा गर्नुभएको छ । उहाँहरुले धेरै ठूलो कुरा माग गर्नुभएको छैन । कानून बनाएर यसलाई अगाडि बढाऔँ भनेर सुप्रिम कोर्टले पनि भनेको छ । त्यसलाई नेपाली काँग्रेसले कानून बनाउन अघि बढ्छ । अहिले विश्वकै परिस्थिति अत्यन्त नाजुक भएर गएको छ । एकातिर ट्रेड वार भइरहेको छ, विश्वका ठूला दुई आर्थिक समृद्ध भएका देशहरुको बीचमा व्यापार युद्ध चलिरहेको छ । त्यसले नेपालाई पनि असर गर्दछ । भन्नेकुरा हामलिे बुझेका छौँ ।’

सांसद कोईरालाले श्रमीकहरुले नलडेको भए २००७ सालको क्रान्ति र ०४६ र ०६२/०६३ को आन्दोलन सफल हुन नसक्ने बताउनु भयो ।