१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने

क्यानडामा मानिसको भीडमा कार जोतिँदा नौ जनाको मृत्यु

क्यानडामा मानिसको भीडमा कार जोतिँदा नौ जनाको मृत्यु
अ अ+ अ-

एजेन्सी । क्यानडाको पश्चिमी शहर भ्यानकुभरमा उत्सव मनाउन भेला भएका मानिसहरूको भीडमा कार जोतिँदा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा कुनै पनि आतङ्कवादी समूहको संलग्नता नदेखिएको प्रहरीले बताएको छ ।

फिलिपिनो समुदायले ‘लापु लापु’ दिवस मनाइरहँदा भएको घटनामा थुप्रै मानिस घाइते पनि भएका छन्।

घटनापछि सामाजिक सञ्जालहरूमा पोस्ट भएका भिडिओहरूमा मानिसहरू सडकमा लडिरहेका अवस्थामा देखिन्छ।

प्रहरीले दुर्घटनाग्रस्त गाडीका चालकलाई नियन्त्रणमा लिई अनुसनधान गरिरहेको बताएको छ ।

भ्यानकुभरका मेयर केन सिमले फिलिपिन्सको सबैभन्दा ठूलो उत्सवमध्येको एक मानिने लापु लापु दिवसमा भएको ‘भयानक’ घटनाबाट आफू स्तब्ध भएको भन्दै गहिरो दुःख व्यक्त गर्नुभएको छ।

लापु लापु दिवस मनाउन फिलिपिनो समुदायका सदस्यहरू भेला भएका बेला स्थानीय समय अनुसार आइतबार राति ८ः०० बजेपछि उक्त घटना भएको अधिकारीहरूले बताएका छन्।

फिलिपिन्सका १६ औं शताब्दीका उपनिवेशवाद विरोधी नेताको सम्झनामा मनाइने यो पर्व यस वर्ष क्यानडाको निर्वाचनअघिको साताको अन्तमा परेको छ ।

फिलिपिन्समा सन् १५२१ मा पोर्चुगिज अन्वेषक फर्डिनान्ड मागेलनलाई युद्धमा परास्त गर्न नेतृत्व गरेका आदिवासी प्रमुख लापुलापुको सम्झनामा फिलिपिन्समा लापु लापु दिवस मनाइन्छ ।

तैनाथ ३० वर्षीय स्थानीय व्यक्तिलाई घटनास्थलबाट पक्राउ गरेको भ्यानकुभर प्रहरीले एक्समा जनाएको छ ।

प्रहरी प्रवक्ताले घटनास्थलमा रहेका पत्रकारलाई बताएअनुसार प्रहरीले अहिलेसम्म चिनेको ‘एकमात्र शङ्कास्पद’ व्यक्ति चालक सवयं नै रहेको बताएका छन् ।

भ्यानकुभर प्रहरीले आइतबार बिहान एक्समा जारी सन्देशमा भनेको छ, “प्रारम्भिक अनुसन्धानपछि यो घटना आतङ्कवादी गतिविधि थिएन भन्नेमा हामी विश्वस्त बनेका छौँ ।”

बेलायतका प्रधानमन्त्री मार्क कार्नीले घटनाबाट आफू स्तब्ध भएको बताउनुभएको छ ।

“म मृतक र घाइतेका प्रियजन, फिलिपिनो क्यानेडियन समुदाय र भ्यानकुभरका सबैप्रति गहिरो समवेदना प्रकट गर्दछु,” उहाँले सामाजिक सञ्जालमार्फत् सार्वजनिक सन्देशमा भन्नुभएको छ ।

सन्देशमा भनिएको छ, “सरकारले यस यस दुःखद् घडीमा शोक मनाउँदै पीडित पक्षको न्यायका लागि प्रतिबद्धता व्यक्त गर्दछ ।

एएफपीको घटनास्थलबाट सम्प्रेषित अनलाइनमा पोस्टमा रहेको फुटेजमा एउटा कालो एसयूभीको क्षतिग्रस्त गाडी देखिन्छ भने प्राथमिक उपचारकर्ताहरूले भुइँमा सुतेका मानिसहरूलाई हेरचाह गरिरहेको देखिन्छ।

प्रत्यक्षदर्शी डेल सेलिपले भ्यानकुभर सनलाई बताएअनुसार गाडी भीडमा ठोक्किएपछि सडकमा बालबालिकासहित कैयौँ व्यक्ति घाइते अवस्थामा ढलेका थिए ।

क्यानेडियन ब्रोडकास्टर सीबीसीले सार्वजनिक गरेको तस्बिरमा घटनास्थलमा आपतकालिन कर्मचारी र ब्लक पार्टीमा ठूलो भीड देखिएको छ ।
शनिबार रातिको कार्यक्रममा परेड, चलचित्र प्रदर्शन, नृत्य र कन्सर्टको आयोजना गरिएको थियो ।