१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने

प्रधानमन्त्री ओलीले प्रचण्डलाई भनेः ‘नावाकाद’-नाम मात्रैको कम्युनिष्ट

प्रधानमन्त्री ओलीले प्रचण्डलाई भनेः ‘नावाकाद’-नाम मात्रैको कम्युनिष्ट
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै ‘नावाकाद’को संज्ञा दिनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अध्यक्ष दाहाललाई नाम मात्रैको कम्युनिष्ट भएको आरोप लगाउनुभएको हो ।

उहाँले विष्णुबहादुर मानन्धरहरुको समूहले विगतमा केशरजंग रायमाझीहरुलाई नावाकादको (नामका वामपन्थी नावा, कामका का, द दक्षिणपन्थी) संज्ञा दिने गरेको उदाहरण प्रश्तुत गर्दै अध्यक्ष ओलीले अहिले पनि नावाकाद रहेको बताउनु भयो । कम्युनिष्ट आन्दोलन ध्वस्त पार्ने उद्देश्यलाई सफल पार्नका लागि आफ्नाबिरुद्ध विभिन्न प्रकारका लाञ्छना र आरोप लगाउने र अर्को सरकार ढल्यो भन्दै हिँड्ने नावाकाद रहेको उहाँको आरोप छ । अध्यक्ष दाहालप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले नेपाली काँग्रेसका सभापति थाइल्याण्डबाट आएसँगै सरकार ढल्छ भन्नेहरुलाई सभापति देउवाले चिसो पानी खन्याइदिनुभएको र छक्क परेको बताउनु भयो । फेरि दुई चार दिनमा ढलिहाल्छ भनेर गीत गाउने गरेको प्रधानमन्त्री ओलीको अरोप छ ।

उहाँले भन्नुभयो, ‘पहिला एक पल्ट विष्णुबहादुर मानन्धरजीहरुको समूह थियो । उसले केशरजंग रायमाझीहरुलाई नावाकाद भन्थ्यो । नावाकाद भनेको छोटकरी नामका वामपन्थी कामका दक्षिणपन्थी । एक एक वटा शब्द लिएर नामका वामपन्थी नावा, कामका का, द दक्षिणपन्थी । छोटकरीमा नावाकाद । नावाकादहरु अहिले पनि छन् । नावाकादहरुको दुई वटा छः एउटा कम्युनिष्ट आन्दोलन ध्वस्त पार्ने उद्देश्यलाई सफल पार्नका लागि हाम्रा बिरुद्ध विभिन्न प्रकारका लाञ्छना र आरोप लगाउने । अर्को ढल्यो, ढल्यो, ढल्यो, ढल्यो सरकार ढल्यो । अहिले ढल्यो, भरे ढल्यो । भोलि बिहानै ढल्यो । शेरबहादुरजी फर्किने बित्तिकै ढल्यो । शेरबहादुरजीले चिसो पानी टाउकाबाट खन्याइदिएपछि फेरि छक्क परेका छन् । शेरबहादुरजी आउने बित्तिकै नढलेर के गर्ने रु दुई चार दिनमा ढलिहाल्छ भनेर फेरि अर्को गीत शुरु गरेका छन् । नावाकाद हुन् यिनीहरु । यि नावाकाद । हामी हरेक कुराबाट शतर्क छौँ । दक्षिणपन्थी, सोझो दक्षिणपन्थी र नावाकादहरुसँग ।’

प्रधानमन्त्री ओलीले आफूहरु हरेक कुराबाट शतर्क रहेको दाबी गर्नुभयो ।