६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चालु अधिवेशनबाटै विद्यालय शिक्षा विधेयक पारित हुनुपर्छः शशांक कोईराला



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. शशांक कोईरालाले चालु अधिवेशनबाटै विद्यालय शिक्षा विधेयक पारित हुनुपर्ने बताउनुभएको छ ।

आईतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले शिक्षकहरुसँग अहिले वार्ता भइरहेको र के निर्णय हुन्छ भन्नेबारेमा पर्खिनुपर्ने बताउनु भयो । उहाँले शिक्षकका माग पूरा हुनुपर्नेमा काँग्रेस सकारात्मक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘शिक्षकहरुसँग वार्ता भइरहेको छ । के निर्णय हुन्छ मलाई थाहा छैन । वार्ता भइरहेको छ । यो अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पास हुनुपर्छ । हामी पोजिटिभ दृष्टिकोण राख्छौँ ।’

गत वर्षको चैत्र २५ गतेदेखि शिक्षकहरुले विद्यालय शिक्षा विधेयकको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।