१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने

मान्छे मात्रै बदलिएर केही हुँदैन, परिस्थितिसँगै कार्यशैली पनि बदलिनुपर्छः सञ्चारमन्त्री गुरुङ

मान्छे मात्रै बदलिएर केही हुँदैन, परिस्थितिसँगै कार्यशैली पनि बदलिनुपर्छः सञ्चारमन्त्री गुरुङ
अ अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले परिस्थिति बदलिएपछि कार्यशैली बदलिनुपर्ने बताउनुभएको छ ।

नेपाल चलचित्र संघको ५० औं वार्षिक साधारण सभाको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले परिस्थिति बदलिएपछि ऐन, कानून बदलिनुपर्ने, परिस्थिति बदलिएपछि कार्यशैली बदलिनुपर्ने, परिस्थिति बदलिएपछि सिस्टम बदलिनुपर्ने बताउनु भयो । मान्छे मात्रै बदलिएर केही नहुने उहाँको जिकिर छ । उहाँले राजा महेन्द्रको पालामा बनेका कानूनका कारण विकास हुन नसकेको जिकिर गर्नुभयो । उहाँले आफूले शुरुमा विकास गर्ने र सुशासन कायम गर्ने मन्त्रालय (गृह वा भौतिक पूर्वाधार तथा यातायात) मागेको भएपनि प्रधानमन्त्रीको आग्रहा सञ्चार मन्त्रालयमा गएको बताउनु भयो । उहाँले आफूले गृह मन्त्रालयको नेतृत्व गरेर अहिलेको बेथितिहरु हटाउने चाहना प्रकट गरे पनि यस पटक पूरा हुन नसकेको बताउनु भयो ।

मन्त्री गुरुङले भन्नुभयो, ‘मन्त्रालय आएपछि…। मलाई लाग्थ्यो शुरुमा यो मन्त्रालयमा बजेट नै छैन । ६/७ अर्ब छ । मैले प्रधानमन्त्रीज्युसँग भनेको थिएँ । मलाई की सुशासन कायम गर्ने मन्त्रालय दिनुपर्छ, कि विकास गर्ने मन्त्रालय चाहिन्छ । मैले भनेको थिएँ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र जुनमा डेढ खर्ब भन्दा बढी बजेट छ । त्यहाँको लथालिंग, भताभुंग जे खालको आजको मुलुकको तस्बिर त्यहाँ देखिन्छ, त्यसलाई म सुधार र रुपान्तरण गर्न चाहन्छु । मलाई त्यो दिनुस् भनेको थिएँ । गृह मन्त्रालयउ दिनुस् । यो सारा बेथितिहरु जहाँ जहाँ भइरहेको छ, त्यो पहिलो चोटि सबै कुराको उद्घाटन गर्छु भनेको थिएँ । तर सरकारको प्रवक्ता पनि बन्नुप¥यो, प्रवक्ता भएको मान्छे अलि सिनियर पनि हुनुप¥यो । साना साना मान्छेलाई बनाएर भएन । तपाईं सञ्चारमन्त्री हुुनपर्छ । त्यो पनि ठूलै क्षेत्र हो । हुन्छ भनेर मैले स्वीकारेँ । मन्त्रालयमा गइयो । त्यो मन्त्रालय कस्तो रहेछ भने अहिलेसम्म राजा महेन्द्रको कारणले चलेको मन्त्रालय रहेछ ।’

‘रेडियो नेपालको कानून २०१३ सालको, नेपाल टेलिभिजनको कानून हेर्दा ०२६ सालको पछि ०४२ सालको । गोरखापत्रको २०१८ को, राससको २०१४/२०१५ सालको । सबै पुरानो । नीति पुरानो । कानून पञ्चायतको । बहुदल आयो १८ वर्ष बित्यो, गणतन्त्र आयो गणतन्त्र र बहुदल जोड्दा ३४ वर्ष भयो । ३४ वर्षसम्म एउटा नयाँ कानून नबनेको । एउटा मात्रै कानून ०४८ सालमा बहुदल आएपछि प्रेस काउन्सिल भन्ने संस्थाका लागि नयाँ कानून आएको रहेछ । राजा महेन्द्रले बनाएको कानूनमा चलिरहेको छ । वीरेन्द्रले पनि होइन । धेरै जसो कानून बनाएको महेन्द्रको पालामा छ । अनि परिवर्तन कसरी हुन्छ रु शिक्षा अनि आजको जस्तो लथालिङ्ग, भताभुङ्ग नभएर राम्रो हुन्छ रु विज्ञान र प्रविधिको धेरै विकास भइसक्यो, कानून तदनुकलु बनाउनुपर्ने की नपर्ने रु त्यहाँनेर पार्टीहरु चुकेका छन् । स्वास्थ्यको पनि त्यही हालत छ । अहिलेसम्म २०१३ सालको नेपालको प्रहरी ऐन छ, त्यहीबाट चलिरहेको छ । परिस्थिति बदलिएपछि ऐन, कानून बदलिनुपर्छ । परिस्थिति बदलिएपछि हाम्रो कार्यशैली बदलिनुपर्छ । परिस्थिति बदलिएपछि सिस्टम बदलिनुपर्छ । मान्छे मात्रै बदलिएर केही हुँदैन ।’

सञ्चारमन्त्री गुरुङले सरकारले सामाजिक सञ्जाल, प्रयोग, सञ्चालन र नियमन विधेयक पेश गरेको बताउँदै यसबाट कोही पनि तर्सिन आवश्यक नरहेको बताउनु भयो । यसबाट कसैको पनि अभिव्यक्ति स्वतन्त्रता हनन नहुने जिकिर गर्नुभयो । अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने दायित्व सरकारको भएको बताउनु भयो । आफू सरकारमा आएको ९ महिनामा धेरै साइबर अपराध बढेको बताउनु भयो । उहाँले त्यसको नियन्त्रण गर्ने दायित्व सरकारको भएको र त्यससम्बन्धी विधेयकमा छलफल चलिरहेको बताउनु भयो । उहाँले आम सञ्चार ऐन, हुलाक सञ्चार ऐन संशोधन गर्न लागिरहेको बताउनु भयो । उहाँले नेपाललाई आइटी हबको रुपमा विकास गर्न सकिने बताउनु भयो ।

मन्त्री गुरुङले चलचित्र ऐन राष्ट्रिय सभामा आज टेबुल गरिने पनि उल्लेख गर्नुभयो ।