१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द News Polar संसदीय समितिमा न्याय प्रणाली सुधारको बहसः महिला सुरक्षादेखि मेलमिलाप परिषद्को नेतृत्वसम्म प्रश्न News Polar फौजदारी मुद्दामा मिलापत्र कानूनतः दण्डनीयः मन्त्री गौतम News Polar ‘सिटी लाइब्रेरी’ र ‘सिटी म्युजियम’ महानगरपालिकाको छविसँग जोडिएका संरचना हुन्, यी संरचना स्थापना र सञ्चालन हामी आफैँ गर्छौँ’ – कार्यवाहक प्रमुख, डंगोल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar स्वीफ्ट टेक्नोलोजीलाई आइएमई ग्रुप सिनर्जी कपको उपाधि News Polar विपद् प्रभावितलाई तत्काल राहत दिन कानुन संशोधन गर्नुपर्छ : आङदेम्बे News Polar मलेसियाबाट सुरु भएको श्रम सिन्डिकेट अन्य मुलुकमा पनि फैलिन सक्छ : अध्यक्ष खत्री News Polar कार्ल डाइसेरोथसहित तीन वैज्ञानिकलाई चिकित्सा नोबेल पुरस्कार News Polar राजमार्गका विश्रामस्थलमा महिला, बालबालिका र अपाङ्गतामैत्री शौचालय अनिवार्य गराउन मन्त्रालयको पहल News Polar ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरण हेरफेर गर्ने ८ जना पक्राउ News Polar हरिबहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’बाट सम्मानित News Polar खेलकुद पूर्वाधार विकासका लागि सरकार र राखेपबीच सम्झौताः देशभर २७ वटा रङ्गशाला र कभर्ड हल बन्ने News Polar सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली स्वीकृत गर्‍यो News Polar दुई मन्त्रालयको कार्यवाहक जिम्मेवारी ऊर्जामन्त्री श्रेष्ठलाई News Polar बाढीपीडितको मनोसामाजिक स्वास्थ्यमा राहत : ८० जनालाई ‘एकदिने कल्याणकारी भ्रमण’ News Polar नेपाली समुदायलाई सेवा दिन एनआरएनए पोर्चुगलको कार्यालय लिस्बोनमा सञ्चालन News Polar यस्ता छन् साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू

कहिले आउला मेलम्ची ?

कहिले आउला मेलम्ची ?
अ अ+ अ-

काठमाडौँ । ‘कहिले यो दसैं, कहिले अर्को दसैं । कहिले यो आर्थिक वर्ष, कहिले अर्को वर्ष । यो सुन्दा–सुन्दा हामी दिक्क भइसकेका छौं,’ सांसद अनिता देवकोटाले गत बुधबार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा मेलम्चीबारे प्रश्न गरिन्, ‘सचिवज्यू भन्दिनुस्, पानी आउने दसैं र अर्को आर्थिक वर्ष कहिले आउँछ ?’

राजधानीवासीलाई खानेपानी उपलब्ध गराउने ३० वर्षअघिको सपना पूरा हुनै लाग्दा मेलम्ची सुरुङको ढोकै भत्केपछि सांसद देवकोटाले खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेसँग व्यंग्यात्मक शैलीमा यस्तो प्रश्न राखेकी हुन् ।

परीक्षणकै क्रममा गत असार ३० गते सुरुङको ढोका भत्केर हेलम्बुस्थित मुहानको फ्लसिङ अडिटबाट पानी बाहिर निस्केपछि सांसद मात्र होइन, सर्वसाधारणमा पनि मेलम्चीको पानी अब कहिले आउँछ भन्ने प्रश्न फेरि उब्जिएको छ । खानेपानीमन्त्री विना मगरले अब तत्कालै राजधानीवासीले मेलम्चीको पानी पिउन पाउने घोषणा गरेको १० औं दिनमा सुरुङको ढोका फुट्यो । अब यसको प्राविधिक जाँचमै समय बितिरहेको छ । ढोका खुलेको घटनालाई आधार बनाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागजपत्र झिकाएर छानबिन सुरु गरेपछि आयोजनाको निर्माण कतिन्जेल अवरुद्ध होला भन्नेमा अन्योल देखिएको खानेपानी मन्त्रालयका अधिकारीले बताए ।

ढोकाको डिजाइन नै परिवर्तन गरेर भित्र खुल्नुपर्नेमा बाहिर खुल्ने बनाउनु दुर्घटनाको पहिलो कारण भएको मन्त्रालयले गठन गरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । आयोजनाको २७ किमि सुरुङको अन्य तीन ठाउँमा यस्तै ढोका जडान गरिएको छ । उक्त समितिले डिजाइन, गुणस्तर र जडानमा गम्भीर त्रुटि भएको भन्दै सुरुङका ती ढोकाको पनि जाँच हुनुपर्ने सुझाव दिएको छ । समितिले बनाएको प्रतिवेदन नै अख्तियारले लगेकोले आयोजनाको गुणस्तरमाथि छानबिन हुने सम्भावना देखिएको सरोकारवाला प्राविधिकको भनाइ छ ।

‘समितिले तयार गरेको प्रतिवेदन पायौं,’ अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले भने, ‘त्यसमाथि छानबिन सुरु भएको छ ।’ अख्तियारले आयोजनाको संरचनाको गुणस्तरमाथि छानबिन गर्न खोज्यो भने आयोजना तत्काल अघि बढाउन समस्या हुने मन्त्रालयका अधिकारी बताउँछन् । अख्तियारमा आयोजनाको सबै संरचनाको गुणस्तर जाँच गर्न माग गर्दै उजुरी परेको छ । सुरुङको ढोका डिजाइन र जडानको जिम्मेवारी भारतीय ठेकेदार कम्पनी प्रेसिजन इन्फ्राटेक लिमिटेडको हो । छानबिन प्रतिवेदनमा आयोजना, परामर्शदाता र प्रेसिजनबीच समन्वय नभएको ठहर गरिएको छ । परामर्शदाता स्पेनको इप्टिसा बिट्स जेभी रहेको छ ।

निर्माण अघि बढाउन प्रेसिजन इन्फ्राटेकले तयार गरेको प्रस्तावलाई परामर्शदाताले स्वीकृति गरेपछि आयोजनाले अनुमोदन गर्नुपर्छ । ढोकाको डिजाइन परिवर्तन गर्दा परामर्शदातासँग पर्याप्त छलफल नभएको छानबिन प्रतिवेदनमा उल्लेख छ । लगातार काम गर्ने हो भने पनि प्रक्रिया पूरा गर्न लागि केही समय त लाग्छ । ‘त्यसमा पनि गुणस्तर जाँच गर्दा डिजाइन र जडानमा ठूलो परिवर्तन गर्नुपरेमा समय अरू थपिन सक्छ,’ आयोजनाका एक प्राविधिकले भने, ‘जसरी सजिलै काम सुरु गर्ने भनिएको छ त्यो सम्भव छैन ।’ स्थानीयले आयोजानमा प्रयोग भएका गिट्टी, बालुवा र सिमेन्टबाट बनेका संरचानको पनि छानबिन गर्नुपर्ने माग गर्दै आएका छन् । उक्त सामग्री स्थानीय सप्लायर्सहरूले उपलब्ध गराएका हुन् ।

आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले भने दुई महिनामा सबै काम सक्ने दाबी गरे । ‘हामीले काम गर्ने तालिका नै बनाइसकेका छौं, उनले भने, ‘निर्माण व्यवसायी प्रेसिजन इन्फ्राटेकले सुधार गरेर काम गर्ने प्रतिबद्धता जनाइसकेको छ ।’ समितिको प्रतिवेदनमा खुस्केको भनिएको नट–बोल्ट तथा ढोका गुणस्तर जाँच गरेर मात्र नयाँ संरचना तयार गर्न भनिएको छ । प्रेसिजन इन्फ्राटेकले लकडाउनका कारण दक्ष प्राविधिक ल्याउन नसकेकाले डिजाइन र जडानमा गल्ती भएको स्पष्टीकरण आयोजनालाई दिएको छ । ‘निर्माण व्यवसायी प्रेसिजन इन्फ्राटेक र परामर्शदाताले ‘रिभ्यु रिपोर्ट’ पेस गर्ने तयारीमा छन्,’ खत्रीले भने । निर्माण व्यवसायी प्रेसिजन इन्फ्राटेकले ढोकाको डिजाइन र संरचना भारतमा बनाएर ल्याएको हो । हाल सुरुङलगायतका संरचना निर्माणमा संलग्न सिनो हाइड्रो आउनुअघि नै इन्फ्राटेकले इटालियन निर्माण व्यवसायी सीएमसीडी राभेन्नसँग सव–कन्ट्र्याक्टरका रूपमा ढोकाको सबै काम गर्ने जिम्मेवारी पाएको थियो । सीएमसीडीले सुरुङ निर्माण छाडेर गए पनि इन्फ्राटेकलाई भने निरन्तरता दिइएको थियो । नयाँ कम्पनी ल्याउन प्रक्रिया पूरा गर्दागर्दै ढिलाइ हुने भएपछि पुरानैलाई दिएको आयोजनाको भनाइ छ ।

आयोजनाका प्रवक्ता राजेन्द्र पन्तका अनुसार आयोजनाको बाँकी काम पूरा गर्न अहिले १० वटा प्याकेजमा ९ वटा निर्माण कम्पनीले काम गरिरहेका छन् । सिनोको मुख्य काम सुरुङ र हेड–वर्क्सको हो । सुरुङ निर्माणको ब्रेक–थ्रु भने सीएमसीडीले गरेको थियो ।

सीएमसीडीले काम छाडेपछि मन्त्रिपरिषद्को २०७६ जेठको निर्णयअनुसार सोही आर्थिक वर्षको कात्तिकमा इन्फ्राटेकसँग हाइड्रोमेकानिक निर्माण व्यवसायीका रूपमा सम्झौता गरिएको हो । निर्माणमा संलग्न परामर्शदाता इप्टिसा बिट्स जेभीका प्रबन्धनिर्देशक विलास कोइराला आफूहरूले पनि घटनाको छानबिन गरिरहेको बताउँछन् । उनले कहाँ, कसको गल्ती भएको हो सुधार गरेर जान सकिने भएकाले आयोजना अघि बढाउन धेरै समय नलाग्ने दाबी गर्छन् । उनले भने, ‘सुरुङको संरचनामा २–२ मिटरको फरकमा परीक्षण गरेकाले ठूलो समस्या आउँछ भन्ने लाग्दैन ।’

हालसम्म निर्माणका लागि करिब २९ अर्ब खर्च भइसकेको आयोजनाले जनाएको छ । घटनापछि आयोजना प्रभावित हेलम्बु र मेलम्ची क्षेत्रका बासिन्दाले सुरुङ नभत्किने ग्यारेन्टी गरेर मात्र पानी प्रवेश गराउन माग गर्दै आएका छन् । समितिले पनि स्थानीय बासिन्दा र आयोजनाका कर्मचारीको सुरक्षा प्रविधिको संरचना बनाउन सुझाव दिएको छ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।