१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द News Polar संसदीय समितिमा न्याय प्रणाली सुधारको बहसः महिला सुरक्षादेखि मेलमिलाप परिषद्को नेतृत्वसम्म प्रश्न News Polar फौजदारी मुद्दामा मिलापत्र कानूनतः दण्डनीयः मन्त्री गौतम News Polar ‘सिटी लाइब्रेरी’ र ‘सिटी म्युजियम’ महानगरपालिकाको छविसँग जोडिएका संरचना हुन्, यी संरचना स्थापना र सञ्चालन हामी आफैँ गर्छौँ’ – कार्यवाहक प्रमुख, डंगोल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar स्वीफ्ट टेक्नोलोजीलाई आइएमई ग्रुप सिनर्जी कपको उपाधि News Polar विपद् प्रभावितलाई तत्काल राहत दिन कानुन संशोधन गर्नुपर्छ : आङदेम्बे News Polar मलेसियाबाट सुरु भएको श्रम सिन्डिकेट अन्य मुलुकमा पनि फैलिन सक्छ : अध्यक्ष खत्री News Polar कार्ल डाइसेरोथसहित तीन वैज्ञानिकलाई चिकित्सा नोबेल पुरस्कार News Polar राजमार्गका विश्रामस्थलमा महिला, बालबालिका र अपाङ्गतामैत्री शौचालय अनिवार्य गराउन मन्त्रालयको पहल News Polar ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरण हेरफेर गर्ने ८ जना पक्राउ News Polar हरिबहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’बाट सम्मानित News Polar खेलकुद पूर्वाधार विकासका लागि सरकार र राखेपबीच सम्झौताः देशभर २७ वटा रङ्गशाला र कभर्ड हल बन्ने News Polar सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली स्वीकृत गर्‍यो News Polar दुई मन्त्रालयको कार्यवाहक जिम्मेवारी ऊर्जामन्त्री श्रेष्ठलाई News Polar बाढीपीडितको मनोसामाजिक स्वास्थ्यमा राहत : ८० जनालाई ‘एकदिने कल्याणकारी भ्रमण’ News Polar नेपाली समुदायलाई सेवा दिन एनआरएनए पोर्चुगलको कार्यालय लिस्बोनमा सञ्चालन News Polar यस्ता छन् साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू News Polar भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण एक साताभित्र सार्वजनिक गर्ने तयारी

करोडौं पर्ने सरकारी जग्गा साढे दुई दशकदेखि व्यक्तिको कब्जामा

करोडौं पर्ने सरकारी जग्गा साढे दुई दशकदेखि व्यक्तिको कब्जामा
अ अ+ अ-

काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडको बल्खुस्थित करोडौं पर्ने जग्गा साढे दुई दशकदेखि व्यक्तिको कब्जामा पाइएको छ। कम्पनीको प्रधान कार्यालयको स्वामित्वमा रहेको तीन रोपनी जग्गा साबिक गोंगबु गाविस– ४ का रामकृष्ण कुँवरले २०५३ सालदेखि बिनाबहाल प्रयोग गरिरहेका छन्।

कुँवर बल्खुस्थित ललितपुर ढुंगा रोडा कम्पनी प्रालिका सञ्चालक हुन्। उनले चक्रपथबाहिर वाग्मती र बल्खु खोलाको बीचमा रहेको जग्गा कहिले भाडा त कहिले खरिद गर्ने बहानामा कब्जा गरेको देखिएको छ। राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनले उक्त जग्गामा कृषि तथा तरकारी बजारका रूपमा तरकारी, फलफूल, किराना पसललगायत सञ्चालन गर्न विभिन्न व्यक्तिलाई भाडामा दिई रकम उठाउँदै आइरहेको देखाएको छ। २५ वटा सटर, ५५ स्टल बनाई बल्खु कृषि तथा तरकारी बजारलाई भाडा दिई कुँवरले मासिक ५ लाखभन्दा बढी रकम हात पार्दै आएका छन्।

कृषि सामग्रीले २०३९ फागुन १२ मा काठमाडौं–१४ बल्खुस्थित कित्ता नम्बर ३६३, ३६६ र ४८२ को क्रमश स् १ रोपनी १० आना २ पैसा ३ दाम, ७ आना २ पैसा, १३ आना ३ पैसा १ दाम जग्गा ४ लाख ९५ हजारमा केशवबहादुर राजभण्डारीसँग खरिद गरेको उल्लेख छ। ‘कम्पनी सञ्चालक समितिले न्यूनतम भाडा रकम प्रतिवर्गफिट १० रुपैयाँ प्रतिमहिना लिने निर्णय गरे पनि त्यसको कार्यान्वयन भएको देखिएको छैन’, प्रतिवेदनमा लेखिएको छ।

कम्पनीको २०७५ साउन २० को बैठकले प्रबन्धक हरिप्रसाद गजुरेलको संयोजकत्वमा गठित समितिले २र२ वर्षमा १०/१० प्रतिशत दरले बढाउने सर्तमा २०६३ देखिको भाडा असुलउपर गर्ने निर्णय गरेको थियो। त्यो निर्णय कार्यान्वयन हुन सकेको छैन। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित छ ।