५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगान कारागारमा आइएसको हमला, २० जना मारिए



अ+ अ-

जलालाबाद । अफगानिस्तानको पूर्वी जलालाबादस्थित एक कारागारमा अतिवादी इस्लामिक स्टेट समूहले गरेको आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको छ । प्रान्तीय सरकारी अधिकारीहरुका अनुसार त्यसक्रममा आक्रमणकारी र सुरक्षाफौजबीच भिडन्त समेत भएको थियो । 

प्रान्तीय अस्पतालका प्रवक्ता जाहेर अदेलले कम्तीमा २० जनाको मृत्यु भएको पुष्टि गरे । मारिनेहरुमा सुरक्षाकर्मी समेत रहेका छन् । प्रान्तीय गभर्नरका प्रवक्ताले उक्त आक्रमणमा कारागारका बन्दी, सुरक्षाकर्मी समेत २१ जनाको ज्यान गएको बताएका छन् ।

गत शुक्रबारदेखि ईद पर्वका अवसरमा अफगान सरकार र मुख्य विद्रोही समूह तालिबानबीच तीन दिने युद्धबिराम लागू छ । अफगान राष्ट्रपति अस्रफ घानीले ईदलगत्तै तालिबानसँग वार्ता शुरु हुने र त्यसपछि स्थायी युद्धबिराम हुने बताएका छन् । –एएफपी