१८ असार २०८३, बिहीबार
,
Latest
सवारीको ठक्करदिँदा युवकको मृत्यु सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली सरकार भेन्टिलेटरमा भएको विरामीको अवस्थामा पुगेको छ : प्रभु साह



अ+ अ-

रौतहट। आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले असफल भएको टिप्पणी गरेका छन् ।

असफल भईसकेको वर्तमान सरकार भेन्टिलेटरमा भएको विरामीको अवस्थामा पुगेको उनले दावी गरे । रौतहटको कटहरियामा आजपाको जिल्ला अगुवाकार्यकर्ता भेला आज सम्बोधन गर्दै आजपा अध्यक्ष साहले ओली सरकार ‘मल्टिपल अर्गान फेलियर’ को अवस्थामा रहेको बताए ।

प्रधानमन्त्री ओली संसद र सडक दुवैबाट अस्विकृत भईसकेको बताउदै उनले तत्काल राजीनामा गरेर मार्गप्रशस्त गर्नुपर्ने सुझाव दिए । देशमा सरकार छ भन्नेपनि नागरिकले अनभूति गर्न छोडिसकेका छन् । नैतिकताको कसीमा उभिने हो भने प्रधानमन्त्रीले तत्काल राजीनामा गरेर मार्गप्रशस्त गर्दा नै मुलुक र एमालेको हित हुन्छ । नत्र एमालेको अस्तित्व समाप्त हुने दिन टाढा छैन्,’ आजपा अध्यक्ष साहले भने ।

सरकारको गलत रबैयाको कारण देश असफल भईरहेको बताउदै उनले सरकारको आन्तरिक र बाहृय सम्बन्ध अशान्त बनेको बताए । ‘यो सरकार आएपछि भारतसँगको सम्बन्ध बिग्रियो । राजनीतिक तहमा सम्वादहिनता देखिएको छ । सरकारले असन्तुलित कुटनीति अपनाएको कारण भारतसँगको सम्बन्ध बिग्रिएको हो’, उनले भने ।

उनले अहिले एउटा भ्रमणको लागि पूरै राज्य–संयन्त्र दुरूपयोग गर्न खोजिएको बताए । विभिन्न देशले आयोजना गर्ने सम्मेलनमा भाग लिने र त्यही मौकामा यसो साइडलाईन भेटवार्ता गर्न अहिलेका परराष्ट्रमन्त्री र प्रधानमन्त्री उद्धत रहेको बताउदै यो त देशको लागि पनि लाजको विषय भएको बताए ।

तीनकुने घट्नामा सुरक्षा कमजोरी भएको बताउदै उनले यसको जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताउदै भने, ‘यसको जिम्मा गृहमन्त्री र प्रधानमन्त्रीले लिनुपर्दैन् ? म त भन्छु–यो सरकार देशमा शान्ति, सु–व्यवस्था र जनधनको सुरक्षा गर्न असफल भैसक्यो । संघीय राजधानी काठमाडौंमा घोषित कार्यक्रममा समेत सुरक्षा मजबुद गर्न नसक्ने सरकारले देशको कुनै कुनामा कसरी शान्ति सुरक्षा र अमनचयन कायम गर्न सक्छ ? तिनकुने घट्नाले गम्भीर प्रश्न उठाएको छ ।’

साहले प्रधानमन्त्री खोपीको देउता भएको टिप्पणी गरे । ‘बालुवाटार र सिंहदरबारबाहेक केही देख्न पाउनुभएन ? किन यस्तो अवस्था आयो ? देशमा मात्रै होईन विदेशमा समेत नेपालीहरुले प्रधानमन्त्रीको विरुद्धमा नाराबाजी गरेका छन् । असफल भएपछि पनि कुर्सीमा बसिरहन केले प्रेरिरत गर्छ ? देशले अहिले जुन मूल्य चुकाउनुपरेको छ, यसको जवाफ देश र जनताले केपी ओली र शेरबहादुर देउवासँग लिनेछ’, उनले भने ।