२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री संसदप्रति गैरजिम्मेवार बनेको सांसद सापकोटाको आरोप



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले प्रधानमन्त्री संसदप्रति गैरजिम्मेवार बनेको आरोप लगाउनुभएको छ ।

आईतवार संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले तीनकुनेमा भएको व्यवस्था विरोधी घटनाका बारेमा प्रधानमन्त्रीले संसदमार्फत सम्बोधन गरेर व्यवस्थाप्रति विश्वास आर्जन गर्नुपर्ने बताउनु भयो । उहाँले गणतन्त्रवादीहरुलाई एकताबद्ध गरी व्यवस्था सुदृढ बनाउनु पर्नेमा प्रधानमन्त्री अन्तै अल्मलिएको जिकिर गर्नुभयो । उहाँले प्रधानमन्त्रीले उश्रृृ्खङल र अराजकतालाई मलजल गरेको आरोप लगाउनु भयो । व्यवस्था विरोधी तीनकुने घटनामा मान्छेलाई थुनेर आगो लगाएर हत्या हुँदा समेत प्रधानमन्त्रीले कुनै सम्बोधन नगरेर लोकतान्त्रिक गणतन्त्र सुदृढ बनाउने अवसर गुमाएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘आज प्रधानमन्त्रीले संसदमा आएर सबै घटनाक्रमका बारेमा देशलाई अपिल गर्ने, गणतन्त्रवादीहरुलाई एकताबद्ध गराउने र यो व्यवस्थाका बारेमा विश्वास आर्जन गर्ने एउटा ठुलो अवसर थियो । यति ठूलो कुरा संसदमा आएर नगरेर प्रधानमन्त्री कहाँ अल्मलिरहनुभएको छ ? यसले के देखाउँछ भने यो व्यवस्थालाई रक्षा गर्नका निमित्त, यो व्यवस्थालाई सुदृढ गर्नका निमित्त, विधि मूल्य मान्यतालाई सुदृढ गरेर अगाडि लैजानका लागि प्रधानमन्त्री जिम्मेबार हुनुहुन्न । र यो अराजकता बेथिति र उश्रृङ्खलतालाई थप मलजल गर्ने काम गरी राख्नुभएको छ । त्यसकारण हामीले के भन्यौ भने प्रधानमन्त्री आउनुप¥यो, हामी अझै केही घण्टा कुर्न तयार छौँ । प्रधानमन्त्री आउनुभएपछि हाम्रो कुनै अवरोध हुँदैन । र प्रधानमन्त्रीले यी सबै पछिल्ला जे अराजकता, उछृङखलता र व्यवस्थाकाविरुद्ध जुन प्रकारका लुटपाट मच्चाइयो, मान्छेहरुलाई थुनेर आगो लगाएर हत्या गर्ने स्थिति सिर्जना भयो यी सबैका बारेमा प्रधानमन्त्री त आज हामीले नबोलाए पनि आउनु पथ्र्यो ।

सांसद सापकोटाले प्रधानमन्त्री र सत्तापक्ष असहिष्णु, गैरजिम्मेवार, घटनक्रम र व्यवस्थाप्रति संवेदनशील नभएको आरोप लगाउनु भयो । राजनीतिक परिस्थिति थप जटिल बन्दै गएको उहाँको भनाइ छ ।