२ भाद्र २०८३, मंगलवार
,
Latest
एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा ५० लाख बढी कोरोना संक्रमित, १ लाख ५० हजारभन्दा बढिको मृत्यु



अ+ अ-

अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या ५० लाखभन्दा बढी पुगेको छ । वर्ल्डोमिटर्सको अनुसार अमेरिकामा हालसम्म ५१ लाख ४९ हजार ७ सय २३ संक्रमित रहेका छन् भने एक लाख ६५ हजार बढीको मृत्यु भइसकेको छ । अमेरिकापछि ब्राजिल दोस्रो सबैभन्दा प्रभावित देश हो जहाँ संक्रमितको संख्या २० लाख १३ हजारभन्दा बढी छ ।

ब्राजिलमा मृतकको संख्या करिब एक लाख पुगेको छ । भारत तेस्रो सर्वाधिक प्रभावित देश हो । भारतमा हालसम्म कोभिड–१९ का कूल संक्रमितको संख्या २१ लाख पार भइसकेको छ । रिकभरी रेटमा लगातार सुधार भइरहेको छ र यो अब ६८.३२ प्रतिशत रहेकोभारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै कोभिडका कारण मृत्युदर २.०४ प्रतिशत छन् ।

हालसम्म करिब ४३ हजारको मृत्यु भइसकेको छ ।