२४ फाल्गुन २०८१, शनिबार
March 8, 2025 Saturday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 19.45

Wind: 2.06

Humidity: 42

Latest
अहिलेको निर्वाचन प्रणालीबाट एउटै दलले बहुमत ल्याउँछ भन्नु आदर्शवादी कुरा मात्र होः प्रतिनिधिसभा सदस्य पदम… गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैनः गृहमन्त्री लेखक कतारमा कृसु काव्य सन्ध्या जलवायु परिवर्तनको असर : सगरमाथा क्षेत्रमा खाद्य सुरक्षा र महिलाको पोषणमा चुनौती धरानमा ‘अञ्जिला’को भव्य प्रिमियर: निर्देशक भन्छन्, ‘दर्शक प्रतिक्रियाले चलचित्र चल्ने सङ्केत पाएँ’ त्रिभुवन विश्वविद्यालय डिनको कार्यकक्षमा तोडफोडप्रति अनेरास्ववियको निन्दा महिलामाथि हुने शोषणाविरूद्धको सङ्घर्षलाई अझ सशक्त बनाउनुपर्छ : नेता खनाल प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना महिलाअधिकार तथा सशक्तीकरणमा राज्य सकारात्मक हुनु खुसीको कुरा हो : पूर्वराष्ट्रपति भण्डारीले महिलामाथि हुने विभेदजन्य हिंसा तथा अवरोधहरू तोड्न आवश्यक छ : परराष्ट्रमन्त्री देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी सदस्यहरु मनोनयनमा कुनै पक्षपात भएको छैनः अध्यक्ष लिङ्देन (भिडियो सहित)



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी सदस्यहरु मनोनयनमा कुनै पक्षपात नगरेको दाबी गर्नुभएको छ । 

बुधवार पार्टी कार्यालयमा आयोजित नवनिर्वाचत मनोनित पार्टी सदस्यहरुलाई शपथ ग्रहण गराउँदै अध्यक्ष लिङदेनले आफूमाथि मनोनयनमा पक्षपात गरेको आरोप लगाइरहे पनि त्यो सत्य नभइ निष्पक्ष ढंगले पार्टी सदस्यहरु मनोनित गरेको बताउनु भएको हो । उहाँले आगामी दिनमा पार्टीलाई सडक र निर्वाचन दुवै मोर्चामा सशक्त ढंगले प्रश्तुत गर्ने पनि बताउनु भयो । अध्यक्ष लिङदेनले पार्टीले राजसंस्था, हिन्दुराज्य पुनः स्थापनाको मुद्दासँगै भ्रष्टाचारबिरुद्ध, जनजीविकासँग सम्बन्धित, रोजगारसँग सम्बन्धित अन्य मुद्दाहरु समेत लिएर अघि बढ्ने बताउनु भयो । उहाँले पार्टीमा मनोनयन सदस्यहरुको परिपूर्ति अहिले नै भइनसकेकोले अबका दिनमा लैङ्गिक, समावेशी र समानुपातिकताका हिसावले गरिनेसमेत बताउनु भयो । उहाँले पार्टीमा महिलाको संख्यालाई संविधानबमोजिम पूर्ण गरेर जाने बताउनु भयो ।

अध्यक्ष लिङदेनले भन्नुभयो, ‘हामीले राजसंस्था, हिन्दुराज्य पुनः स्थापनाको मुद्दासँगै भ्रष्टाचारबिरुद्ध, जनजीविकासँग सम्बन्धित, रोजगारसँग सम्बन्धित अन्य मुद्दाहरु समेत लिएर आगामी दिनमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सडक र निर्वाचन दुवै मोर्चामा सशक्त ढंगले प्रश्तुत गर्नेछौँ र उभ्याउने छौँ । यो कार्यक्रममा मैले मनोनयन गर्ने कुरामा कुनै पनि पक्षको पक्षपात, विभेद गरेको छैन । हिजो मलाई आन्तरिक प्रतिष्पर्धामा सहयोग गरेको नगरेको कुरालाई आधार बनाएको छैन । आवश्यक र अनिवार्य व्यक्तित्वहरुलाई हामीले ल्याउने काम गरेका छौँ । करिव यसले पूर्णता प्राप्त गर्ने काम शुरु भएको छ । हामीले असन्तुष्ट पक्षलाई समेत समेटेर लैजान्छौँ । 

आगामी दिनमा राप्रपा सशक्त ढंगबाट अघि जान्छ । कुनै विवादमा अल्झिँदैन, अल्मलिँदैन, हिले हामीले मनोनयन गरेको सन्दर्भमा केही भ्रमहरु पनि साथीहरुका बीचमा आएको छ । कि समावेशी भएन, समानुपातिक भएन, विधानले निर्दिष्ट गरेका लैङ्गिक समावेशी, समानुपातिकताका कुराहरु उल्ल्ंघन भयो । भन्ने कुराहरु पनि कतै उठेको छ । यो सबैलाई हामीले पूर्ण गर्छौं । त्यसको लागि ठाउँ हामीले राखेको छ । अहिले अनिवार्य केही कामहरु मात्रै हामीले गरेका छौँ । पछिल्लो दिनमा हामी सबै पूर्ण गरेर जान्छौँ । महिलाको संख्यालाई हामीले पूरा गरेनौँ वा समावेशी, समानुपातिक जुन संविधान बमोजिमकै व्यवस्था छ, त्यसलाई पूरा गरेनौँ भने निर्वाचन आयोगले नै यो सूचिलाइ स्वीकार्दैन । त्यसकारण त्यसलाई उल्ल्ंघन गरेर जाने छुट र सुविधा हामीलाई छैन ।’

अध्यक्ष लिङदेनले राजसंस्था र हिन्दुराज्य अहिले जनताको बीचमा लोकप्रिय मुद्दा बनेकोले अबका दिनमा यसलाई आफ्नो मुल मुद्दाको रुपमा लिइएको भएपनि जनताले पत्याउने ढंगको रणनीति नहुँदा विगतका कमजोरीलाई सच्याउँदै अघि बढ्ने बताउनु भयो ।