५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो



अ+ अ-

वासिङ्टन । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५० लाख नाघेको छ । सोमबार बिहानसम्म अमेरिकामा संक्रमितको संख्या ५० लाख ४१ हजार नाघेको र भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख ६२ हजार ९ सय १३ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । 

त्यसैगरी, कोरोना भाइरसबाट विश्वभर १ करोड ९७ लाख ६९ हजार संक्रमित भइसकेका छन् । भाइरसका कारण ७ लाख २९ हजार ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ । भारतमा कोभिड संक्रमितको संख्या २१ लाख ५३ हजार नाघेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार सोमबार बिहानसम्म देशभर ४३ हजार ३ सय ७९ जनाको मृत्यु भइसकेको छ ।

रुसमा ८ लाख ८५ हजार तथा दक्षिण अफ्रिकामा ५ लाख ५९ हजार जना संक्रमित भइसकेका छन् । रुसमा १४ हजार ९ सय ३ तथा दक्षिण अफ्रिकामा १० हजार ४ सय ८ जनाले ज्यान गुमाइसकेका छन् ।