१५ श्रावण २०८३, शुक्रबार
,
Latest
गृहमन्त्री गुरुङको निर्देशनपछि मधेस र कोशीमा ड्रोनबाट सुरक्षा निगरानी तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्री वालेन्द्र शाहले मधेशका विभिन्न दलका नेतासँग छलफल गर्दै देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय धनुषाको जनकपुरधामसहितका क्षेत्रमा जारी निषेधाज्ञा दोस्रो दिन पनि यथावत मन्त्री चौधरीद्वारा व्यावसायिक प्राङ्गारिक मल उत्पादकहरूको विवरण संकलन सुरु सामाजिक सद्भाव कायम राख्न रवि लामिछानेद्वारा धार्मिक अगुवासँग छलफल ब्रड पिक हिमपहिरोमा भेटिएका चार शवमध्ये दुईको पहिचान स्मार्ट टेलिकम प्रकरणमा दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ धनुषामा आज सर्वदलीय सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्ता छन् आईपीएल खेल्ने सबै टोलिका बलियो र कमजोर पक्ष



अ+ अ-

काठमाडौँ । १८ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) आउँदो शनिबारबाट सुरु हुँदैछ । कोलकाता नाइट राइडर्स उपाधि रक्षा गर्ने दाउमा छ भने मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स दुबै छैटौं उपाधिको खोजीमा छन् ।

अर्कोतर्फ, लखनउ, पञ्जाब, दिल्ली र बैंगलोरले आफ्नो पहिलो उपाधि जित्ने लक्ष्यमा हुनेछन् । यसै सन्दर्भमा यहाँ आईपीएल खेल्ने सबै १० टोलिको बलियो र कमजोर पक्षबारे चर्चा गरौँ ।

कोलकाता नाइट राइडर्स
बलियो पक्षः टोलीमा ४ देखि ७ नम्बरसम्म विश्वस्तरीय फिनिशरहरू छन् । सुनिल नारायणले ओपनिङ गरे भने बलर बढाउन सकिन्छ । वरुण चक्रवर्ती, हर्षित राणा र वैभव अरोराले बलिङ पक्षलाई बलियो बनाउनेछन् ।

कमजोर पक्षः स्थापित कप्तान नभएकाले कप्तानीको अनुभव नभएका अजिंक्य रहाणेलाई कप्तानी सुम्पिनुपरेको छ । उपाधि दिलाएका कप्तान श्रेयस अय्यर टोलिमा छैनन् । रहाणेलाई गराउँदा टोलीको शीर्ष क्रम कमजोर बन्दै गएको छ ।

सनराइजर्स हैदरावाद
बलियो पक्षः २०१६ को च्याम्पियन हैदरावादले ओपनर ट्राभिस हेड र अभिषेक शर्माको साथ शीर्ष ५ क्रममा सानदार ब्याट्सम्यानहरू पाएको छ । नितिश कुमार रेड्डी जस्ता उत्कृष्ट अलराउन्डर छन् । हेनरिक क्लासेन र इशान किशन मिडल अर्डरका ब्याट्सम्यान पनि छन् । हर्षल पटेल, प्याट कमिन्स र मोहम्मद शामीले बलिङ पक्षलाई बलियो बनाएका छन् ।

कमजोर पक्षः क्लासेनपछि फिनिशिंग विकल्पहरूमा ठूलो नाम छैन । यद्यपि, अभिनव मनोहर, अनिकेत वर्मा र कामिन्दु मेन्डिस जस्ता युवा फिनिशरहरू छन्, तर धेरै अनुभवको अभावले टोलीलाई ठूलो मूल्य चुकाउन सक्छ ।

राजस्थान रोयल्स
बलियो पक्षः शीर्ष क्रममा सञ्जु सामसन, यशस्वी जैसवाल, शिमरन हेटमायर, रियान परागसँग अनुभव छ । नितिश राणा र शुभम दुबेले ब्याटिङलाई अझ बलियो बनाएका छन् । वानिन्दु हसरंगा, आकाश मधवाल, महिश तिक्षाणा, जोफ्रा आर्चर, फजलहक फारुकी र सन्दीप शर्माले बलिङ पक्षलाई बलियो बनाएका छन् ।

कमजोर पक्षः हेटमायरलाई साथ दिन कुनै ठूलो फिनिशर छैनन् । घाइते र आउट अफ फार्म खेलाडीहरूको लागि बलियो ब्याकअप पनि छैन । टोलीले फेरि राम्रो फिनिशिङका लागि संघर्ष गर्न सक्छ । विदेशी ब्याट्सम्यानको पनि अभाव छ ।

रोयल च्यालेन्जर्स बैंगलोर
बलियो पक्षः फिल साल्ट, लियाम लिभिङ्स्टन, जितेश शर्मा र कृणाल पाण्ड्याजस्ता टी–२० विशेषज्ञहरू टोलिमा भित्रिएका छन् । भुवनेश्वर कुमारले पेस बलिङ डिपार्टमेन्टलाई बलियो बनाउनेछन् । यश दयाल, जोस हेजलउड र रसिख सलामले पनि बलिङलाई अझ बलियो पार्नेछन् ।

कमजोर पक्षः ठूला नाम भित्र्याएको छैन । रिस्ट स्पिनरका रूपमा सुयश शर्मा जोखिमपूर्ण हुन सक्छन् । डु प्लेसिसलाई रिहा गरेपछि युवा रजत पाटीदारलाई कप्तान बनाइएको छ । उनको कप्तानी अनुभव कमजोर पर्नेछ । स्पिन विभागमा अनुभवको अभाव छ ।

चेन्नई सुपर किंग्स
बलियो पक्षः पुराना खेलाडीहरू खरिद गरेर टोलीले अनुभव बटुलेको छ । डेभिड कोनवे, रचिन रविन्द्र, आर अश्विन, स्याम करन जस्ता अनुभवी खेलाडी छन् । नूर अहमद, रविन्द्र जडेजा र आर अश्विनले स्पिन डिपार्टमेन्टलाई निकै बलियो बनाउने छन् । टोलीले ९ अलराउन्डर खरिद गरेको छ, जसमध्ये ५ खेलाडी पनि प्लेइङ ११ मा रहनेछन् । टोलीको ब्याकअप पनि बलियो छ ।

कमजोर पक्षः ४२ वर्षीय धोनी एकमात्र फिनिशर हुन् । मध्य क्रम धेरै कमजोर छ । बलिङ अलराउन्डर करन, जडेजा र अश्विनलाई फिनिशरका रूपमा प्रयोग गर्नु महँगो साबित हुन सक्छ । मथिश पाथिरानालाई समर्थन गर्ने कुनै फास्ट बलर छैनन् । युवा पेसरहरूमा धेरै पैसा लगानी गरपनि जुन जोखिमपूर्ण साबित हुन सक्छ ।

दिल्ली क्यापिटल्स
बलियो पक्षः अक्सनमा दिल्लीले सबैभन्दा चलाखीपूर्ण रुपमा खेलाडी भित्र्याएको थियो । केएल राहुल, मिचेल स्टार्क, थंगारसु नटराजन र आशुतोष शर्मा जस्ता ठूला खेलाडीहरू सस्तो मूल्यमा किनिएका थिए । अक्षर पटेललाई कप्तान बनाइएको छ जो ब्याटिङ र बलिङ दुवै पक्षलाई सम्हाल्न सक्षम छन् ।

कमजोर पक्षः
फिनिसिङको जिम्मेवारी आशुतोष र अक्षरको हुनेछ । यो पोजिसनमा टोलिले कुनै विदेशीलाई किनेको छैन, भारतीय खेलाडी फ्लप भए टिमलाई यहाँ समस्या पर्न सक्छ । ह्यारी ब्रुकले मिडल अर्डरलाई सन्तुलन दिने थिए, तर उनको अनुपस्थितिमा टोलीको सन्तुलन डगमगाउन सक्छ ।

लखनउ सुपर जायन्ट्स
बलियो पक्षः निकोलस पूरन, डेभिड मिलर, शाहबाज अहमद र अब्दुल समदले फिनिसिङलाई मजबुत पार्नेछन् । ऋषभ पन्त आईपीएलमा छिटो खेल्छन्, जसले मध्यक्रमलाई पनि बलियो बनाउनेछ ।

कमजोरी पक्षः मिचेल मार्शले बलिङ गर्नेछैनन् भने एडेन मार्करामले ओपनिङ गर्नेछन् । दुवैको यो प्रकारको पोजिसन चिन्ताको विषय बन्न सक्छ । मोहसिन खान, आवेश खान र मयङ्क यादवको फिटनेसले पनि टोलीको समस्या बढाउनेछ ।

गुजरात टाइटन्स
बलियो पक्षः जोस बटलरलाई समावेश गर्दै गुजरातले ओपनिङलाई बलियो बनाएको छ । बलियो विकेटकिपिङ विकल्प पनि टोलिसँग थियो । फिनिसिङ लाइनमा शेरफान रदरफोर्ड, शाहरुख खान, राहुल तेवातिया, राशिद खान र ग्लेन फिलिप्स जस्ता स्थापित खेलाडीहरू छन् ।

कमजोर पक्षः मिडल अर्डरमा ठूलो नाम छैन । साइ सुदर्शन र महिपाल लोमरर जोखिमपूर्ण विकल्प हुन् । बलिङमा पक्कै पनि विकल्प छ तर मोहम्मद सिराज, कागिसो रबाडा र वासिंग्टन सुन्दर कहिलेकाहीँ महँगो साबित हुन्छन् ।

पञ्जाव किंग्स
बलियो पक्षः श्रेयस अय्यरको रुपमा टोलिले कप्तान र मध्यक्रमका ब्याट्सम्यान किनेको छ । नेहाल वढेरा, ग्लेन म्याक्सवेल, शशांक सिंह, मार्को यान्सन बलियो फिनिसरका रुपमा छन् । अर्शदीप सिंह, युजभेन्द्र चहल, हरप्रीत ब्रार, यश ठाकुर र मार्को यान्सनले बलिङ पक्षलाई बलियो पारेका छन् ।

कमजोर पक्षः म्याक्सवेल विगत केही वर्षदेखि आइपिएलमा फ्लप भएका छन् । लोकी फर्गुसन पनि कहिलेकाहीँ महँगो साबित भएका छन् । अस्ट्रेलियाका ३ जना यस्ता खेलाडी छन् जसले भारतमा आफूलाई प्रमाणित गर्न सकेका छैनन् ।

मुम्बई इन्डियन्स
बलियो पक्षः भारतका अन्तर्राष्ट्रिय खेलाडी भएका कारण टोलीको शीर्ष क्रम निकै बलियो छ । जसप्रित बुमराह, ट्रेन्ट बोल्ट र दीपक चाहरले पेस बलिङलाई बलियो बनाएका छन् । मिचेल सान्टनर, मुजीब उर रहमानजस्ता शीर्ष स्पिनरहरू पनि छन् ।

कमजोर पक्षः हार्दिकलाई साथ दिने कुनै फिनिशरहरू छैनन् । युवा रोबिन मिन्ज ६ वा ७ नम्बरमा आउनेछन्, यदि उनी फ्लप भए भने फिनिसिङ निकै कमजोर हुनेछ । कुनै ब्याकअप भारतीय विकेटकिपर पनि छैनन् । बुमराहको चोटले पनि समस्या बढाएको छ ।