२ चैत्र २०८१, शनिबार
March 15, 2025 Saturday

23.27°C

काठमाडौं

23.27°C

Kathmandu

Feels-like: 22.64

Wind: 3.09

Humidity: 38

Latest
प्रतिस्थापन विधेयकलाई सदनमै छलफल गरेर अगाडि बढाउने प्रतिनिधि सभाको तयारी समाजवादी मोर्चाले यही चैत १५ गते जनप्रदर्शन गर्ने आइजिपी कप क्रिकेटः मधेस प्रदेश विजयी मञ्जुश्री ट्रेल रेसमा अर्जुन विजेता सञ्चारमन्त्री गुरुङद्वारा शोक व्यक्त नारायणहिटी दरबार अगाडि राजतन्त्र पक्षधरको प्रदर्शन – फोटोफिचर पूर्वराजाप्रति माधव नेपालको टिप्पणीः कुनै त्याग, तपस्या र बलिदान नगरेकाको हातमा देश दिन सकिँदैन सन् २०२६ को अन्त्यमा स्टारशिप मङ्गल ग्रहमा प्रस्थान गर्नेः मस्क शनिवार ‘अञ्जिला’को बम्पर व्यापार: शो थप हुने बित्तिकै हाउसफूल हुँदा दङ्ग छु – निर्देशक ‘जलवायु परिवर्तनका असर घटाउन बाह्य सहयोग अपरिहार्य’
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला टी–२० क्रिकेटमा नेपालको सान्त्वना जित



अ+ अ-

काठमाडौँ । युगान्डामा जारी महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ । फाइनल दौडबाट बाहिरिसकेको नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा ६ विकेटको जित निकालेको हो ।

युगान्डाको इन्टेबे क्रिकेट मैदानमा जारी खेलमा ‘टस’ जितेर पहिला ‘ब्याटिङ’ गरेको हङ्कङले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०४ रन बनायो । नेपालले १०५ रनको विजयी लक्ष्य १९ दशमलव ३ ओभरमा चार विकटको क्षतिमा पूरा गर्यो ।

नेपालका लागि सम्झना खड्काले ४७ रन बनाइन् । उनले ४३ बल खेल्ने क्रममा तीन चौका हानिन् । यस्तै पूजा महतोले अविजित २० तथा कप्तान इन्दु बर्माले १८ रन बनाइन् ।

बलिङतर्फ हङकङकी मेहकदीप कौर र लिया वाङ कीले एक एक विकेट लिइन् ।

यसअघि हङ्कङ्का लागि १०४ रन बनाउने क्रममा शान्जिन शहजदले सर्वाधिक ५४ रन बनाइन् । उनले ४७ बलमा पाँच चौका र एक छक्का प्रहार गरिन् । त्यसैगरी, करी चानले १६ तथा यास्मिन दासवानीले १४ रन जोडिन् ।

बलिङतर्फ नेपालकी राजमती ऐरीले तीन, कप्तान इन्दु बर्माले दुई तथा पूजा महतो र ईश्वरी विष्टले एक एक विकेट लिइन् ।