१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीले अक्षर पटेललाई कप्तान बनायो



अ+ अ-

काठमाडौँ । आईपीएल २०२५ मा दिल्ली क्यापिटल्सको कप्तानी अक्षर पटेलले गर्ने भएका छन् । फ्रान्चाइजीले शुक्रबार यो घोषणा गरेको हो ।

अक्षरसँगै केएल राहुलको नाम पनि कप्तानको दौडमा परेको थियो । दुवैको नाममा विचार गरियो र अन्ततः अक्षर पटेललाई टोलीको जिम्मेवारी दिइएको हो । आईपीएल २०२५ मार्च २२ देखि सुरु हुँदैछ ।

अक्षर पटेल २०१९ देखि दिल्ली क्यापिटल्सको हिस्सा बनेका छन् । उनी दिल्लीका सबैभन्दा अनुभवी खेलाडी हुन् । उनले पछिल्लो ६ सिजनमा टोलीका लागि ८२ खेल खेलेका छन् ।

३० को औसतमा २३५ रन बनाउनुका साथै ७.६५ को इकोनोमीमा ११ विकेट पनि लिएका थिए । ऋषभ पन्तलाई एक खेलमा स्लो ओभरमा प्रतिबन्ध लगाइएपछि अक्षरले कप्तानी सम्हालेका थिए ।
तर, यो खेलमा उनले हार बेहोर्नुपरेको थियो ।

अक्षर पटेललाई दिल्ली क्यापिटल्सले आईपीएल मेगा लिलामी अघि १६.५० करोडमा राखेको थियो। आईपीएलका १५० खेलमा ब्याट्सम्यानका रूपमा उनले १३०.८८ को स्ट्राइक रेट र २१.४७ को औसतमा १६५३ रन बनाएका छन् । यसबाहेक बलरका रूपमा उनले ७.२८ को इकोनोमी र २५.२ को स्ट्राइक रेटमा १२३ विकेट लिएका छन् । यस प्रतियोगितामा अक्षर पटेलको उत्कृष्ट बलिङ फिगर २१ रनमा ४ विकेट रहेको छ ।

केएल राहुललाई आईपीएल २०२४ को मेगा लिलामीमा दिल्ली क्यापिटल्सले १४ करोडमा किनेको थियो । राहुलले आईपीएलमा धेरै टोलीको कप्तानी गरेका छन्, त्यसैले फ्रेन्चाइजले उनलाई कप्तानको जिम्मेवारी सुम्पन सक्ने विश्वास गरिएको थियो । राहुलले आईपीएलमा ४६८३ रन बनाएका छन् ।