२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता News Polar एनआरएनए पोर्चुगलद्वारा गंगा नेम्कुल र सुरज राई मनोनीत News Polar महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा

परीक्षण नगरी संक्रमितलाई डिस्चार्ज गर्न उपयुक्त हुदैन : जनस्वास्थ्य विज्ञ

परीक्षण नगरी संक्रमितलाई डिस्चार्ज गर्न उपयुक्त हुदैन : जनस्वास्थ्य विज्ञ
अ अ+ अ-

काठमाडौं । लक्षण नभएका र सामान्य लक्षण भएका कोरोना संक्रमितलाई डिस्चार्ज गर्ने सरकारी निर्णय गलत भएको जनस्वास्थ्य विज्ञहरुले बताएका छन । 

परीक्षणलाई नजरअन्दाज गर्दा संक्रमितले अरुलाई सार्ने सम्भावना बढी हुने भएकाले सरकारको निर्णय पूर्ण रुपमा गलत भएको जनस्वास्थ्यविज्ञहरुको भनाई छ । संक्रमितको १० दिनपछि परीक्षण गर्नु ठिकै भएपनि सामान्य लक्षण भएका र लक्षण नभएका विरामीलाई १४ दिनपछि परीक्षण बिना घर पठाउनु नेपालको परिवेशमा सही नभएको जनस्वास्थ्य विज्ञ डा. समिरमणि दीक्षितको भनाई छ । पहिलो पटक कोरोना देखिएको चीनमा समेत ३० दिनसम्म पनि भाइरस निष्कृय नभएको परिवेशमा नेपालमा १४ दिनमा विना परीक्षण छोड्ने निर्णय पूर्ण रुपमा लगत भएको उहाँले बताउनुभयो ।

यता सरकारले भने विश्व स्वास्थ्य संगठनले १० दिनपछि कुनै पनि संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण हुदैन भन्ने तथ्यहरु पेश गरेर निर्देशिका बनाएपछि सोही अनुसार निर्णय गरिएको बताएको छ । मन्त्रालयका सहायक प्रवक्ता डा. समिर कुमार अधिकारीले डब्ल्यूएचओको निर्देशिकालाई आधार बनाएर मन्त्रालयले आफ्नो निर्देशिकाहरु परिमार्जन गरिएको बताउनुभयो । लक्षण नभएका व्यक्तिको हकमा १४ दिनपछि परीक्षण नगरी घर पठाउँदा कुनै समस्या नहुने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘लक्षण नभएको व्यक्तिको हकमा १४ दिनपछि परीक्षण नगर घर पठाउँदा कुनै समस्या हुँदैन । अरु व्यक्तिलाई संक्रमण हुने सम्भावना हुँदैन । तथ्यहरुले १० दिनपछि संक्रमण हुँदैन भन्छ तर हामीले ४ दिन थपेको अवस्था हो । लक्षण छन भनेपनि लक्षण हराएको ३ दिनपछि संक्रमण फैलिने सम्भावना हुँदैन । परीक्षण भनेको संक्रमणको चक्रलाई रोक्न हो ।’’

जनस्वास्थ्य विज्ञ दीक्षित दिने उहाँको भनाईमा असहमति जनाउनु हुन्छ । तराईका जिल्लाहरुमा क्वारेन्टिनबाट परीक्षण नगरी घर पठाउँदा अहिलेको अवस्था आएको उल्लेख गर्दै उहाँले १५ दिनपछि पोजेटिभ हुँदैन भन्ने सोचले उपत्यका तराइको जस्तो अवस्था देशभरी हुने चेतावनी दिनुभयो । नेपालको परिवेशमा कुनै अनुसन्धान नै नगरी १५ दिनमा भाइरस शरीरमा रहँदैन भन्न नमिल्ने उहाँले बताउनुभयो । सरकारले पैसा र बेड बचाउनका लागि गरेको निर्णयले भोली हजारौँ बेड पथिने अवस्था आउन सक्ने चेतावनी उहाँले दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘१५ दिनपछि पोजेटिभ हुँदैन भन्ने सोच्न थाल्यौ भने काठमाडौं र तराईका जिल्लाको जस्तै अवस्था देशभरी हुन्छ । अनुसन्धान नै नगरी १५ दिनमा भाइरस जीउबाट गएको भन्न मिल्दैन । बेड बचाउन र पैसा बचाउन गर्न खोज्या होला तर एउटा बेड बचाउन गरिएको निर्णयले भोली हजारौँ बेड थपिने अवस्था आउन सक्छ ।’’  

अर्का जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे पनि परीक्षण नगरी संक्रमितलाई डिस्चार्ज गर्न उपयुक्त नहुने बताउनुहुन्छ । स्वास्थ्य मन्त्रालय अन्र्तगतको आपतकालिन स्वास्थ्य कार्यसञ्चालन केन्द्रले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालय र देशभरीका कोभिड अस्पताललाई पत्राचार गरी १० दिनमा पीसीआर गरी पोेजेटिभ आएमा लक्षण नभएका र सामान्य लक्षण भएका संक्रमितलाई थप ४ दिन राखेर परीक्षण नै नगरी डिस्चार्ज गर्न भनेको थियो । १४ दिनपछि डिस्चार्ज नगरिए सरकारले सोधभर्ना नव्यहोर्ने चेतावनी सहित मन्त्रालयले कोभिड अस्पताल र प्रदेश सामाजिक विकास मन्त्रालयहरुलाई पत्राचार गरेको हो ।