१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

हमासद्वारा बिबास परिवारका तीनसहित चार जना इजरायली बन्धकको शव हस्तान्तरण

हमासद्वारा बिबास परिवारका तीनसहित चार जना इजरायली बन्धकको शव हस्तान्तरण
अ अ+ अ-

काठमाडौँ । हमासले गाजा युद्ध सुरु भएदेखि इजरायलमा व्याप्त अग्निपरीक्षाको प्रतीक बनेका बिबास परिवारसहित चार जना इजरायली बन्धकको शव रहेको कफिन बिहीबार हस्तान्तरण गरेको छ ।

सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणपछि हमासले पहिलो पटक शव हस्तान्तरण गरेको हो । यो हमास र इजरायली पक्षबीच जनवरी १५ मा सहमति गरिएको र जनवरी १९ मा कार्यान्वयनमा आएको युद्धविराम सम्झौताअन्तर्गत भइरहेको छ । बदलामा इजरायली जेलमा रहेका जीवित प्यालेस्टिनी बन्दीको आदानप्रदान हुनेछ ।

दुई छोराहरू केफिर र एरियलसहित शिरी बिबास तथा ओडेद लिफशिट्जको शव फिर्ता गर्ने समारोह दक्षिणी गाजा शहर खान युनिसबाट भएको हो ।

हस्तान्तरण गर्नुअघि हमासले बलौटे जमिनमा बनाइएको मञ्चमा चारवटा कालो कफिन प्रदर्शन गरेको थियो । प्रत्येक ‘कास्केट’मा मृतकको सानो फोटो राखिएको र कफिनको छेउमा राखिएका सेतो नक्कली क्षेप्यास्त्रमा अमेरिकी बमले मारिएका लेखिएको छ ।

इजरायली सेनाले ‘बन्धकहरूको शव’ आफू र गाजास्थित शिन बेट आन्तरिक सुरक्षा एजेन्सीलाई हस्तान्तरण गरिएको बताएको छ ।

हमासले बिबास परिवारको अपहरणका समय गरेको भिडियो प्रसारणमा आमा र उनका छोराहरू चार वर्षीय एरियल र केवल नौ महिनाका केफिरलाई गाजा सीमा नजिकैको उनीहरूको घरबाट जफत गरिएको देखिएको थियो ।

केटाहरूका बुबा र शिरीका पति यार्डेन बिबासलाई सोही दिन छुट्टाछुट्टै अपहरण गरिएको थियो र फेब्रुअरी १ मा गाजा पट्टीबाट बन्धक–कैदी आदानप्रदानमा रिहा गरिएको थियो।

’शोकको दिन’

गाजामा १५ महिनाभन्दा लामो संघर्षपछि जनवरी १९ मा इजरायल र हमासबीच भएको युद्धविरामको पहिलो छ हप्ताको प्रथम चरणको एक हिस्साका रुपमा उनीहरुको शव स्वदेश फिर्ता गरिएको हो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बिहीबार बन्धकको शब फिर्ताको क्षण इजरायलका लागि निकै कठिन दिन हुने बताउनुभएको थियो ।

युद्धविरामको पहिलो चरणअन्तर्गत अहिलेसम्म एक हजार १०० भन्दा बढी प्यालेस्टिनी कैदीहरूको बदलामा १९ जना इजरायली बन्धकलाई लडाकूहरूले रेड क्रसमार्फत् इजरायललाई हस्तान्तरण गरेका छन्।

पहिलो चरणअन्तर्गत रिहा हुन योग्य गाजाका बाँकी १४ बन्धकमध्ये आठ जनाको मृत्यु भइसकेको इजरायलले जनाएको छ ।

हमासको आक्रमण र बन्धक बनाइएका घटनासँगै बिबास परिवारका सदस्यहरू इजरायलका लागि चरम निराशाको राष्ट्रिय प्रतीक बनेको थियो ।

हमासले इजरायली हवाई आक्रमणले युद्धको सुरुमा नै उनीहरूको मृत्यु भएको बताएपछि विदेशमा उनीहरूको मृत्युलाई तथ्यको रूपमा स्वीकार गरिएको छ, तर इजरायलले यो दाबीलाई कहिल्यै पुष्टि गरेको छैन र बिबास परिवारसहित धेरै जना विश्वस्त छैनन्।

इजरायली अभियान समूह ‘द होस्टेज एण्ड मिसिङ फेमिलीज फोरम’ले बिबास परिवारका तीन सदस्यको मृत्युभएको खबरले आफूलाई स्तब्ध बनाएको बताएको छ ।

बिबास परिवारले पुष्टिका लागि पर्खने बताएको छ ।

तेल अभिवस्थित नेशनल फरेन्सिक मेडिसिन इन्स्टिच्युटले पहिचान प्रक्रियालाई तीव्रता दिन १० जना चिकित्सक परिचालन गरेको छ ।

इजरायल र हमासले यसै हप्ता र अर्को हप्ता दुई समूहमा बन्धक बनाइएका आठ जना बन्धकको अवशेष फिर्ता गर्ने र अन्तिम छ जना जीवित इजरायली बन्दीलाई शनिबार रिहा गर्ने सम्झौताको घोषणा गरेका थिए ।

बन्धकहरूको मञ्चले ती छ जनाको नाम एलिया कोहेन, ताल शोहम, ओमेर शेम टोभ, ओमेर वेनकर्ट, हिशाम अल–सैयद र एवेरा मेन्गिस्टु रहेको बताएको छ ।

गाजामा दुवै पक्षबाट उल्लङ्घनको आरोप लागे पनि युद्धविराम जारी रहेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भग्नावशेषले भरिएको गाजालाई नियन्त्रणमा लिने र २० लाखभन्दा बढी प्यालेस्टिनीको जनसङ्ख्या स्थानान्तरण गर्ने व्यापक निन्दा गरिएको योजनाका कारण पनि यो क्षेत्र तनावमा परेको छ।

इजरायलका विदेशमन्त्री गिदोन सारले युद्धविरामको दोस्रो चरणका विषयमा यसै हप्तादेखि वार्ता सुरु हुने बताउनुभएको छ ।