२९ श्रावण २०८३, शुक्रबार
,
Latest
बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश राष्ट्रियता, लोकतन्त्र र जनताको हितको लागि जुनसुकै भुमिका निर्वाह गर्न आफूलाई तयार राखेको छुः देउवा ११ किलो चाँदीका गरगहनासहित एक जना पक्राउ निराशालाई आशामा बदल्ने दायित्व काँग्रेसले लिनुपर्छः देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईशानेश्वर महादेव मन्दिर परिसर स्थित गौरीकुण्ड ओझेलमा



अ+ अ-

करापुटार । यहाँस्थित करापुटार ईशानेश्वर महादेव मन्दिर परिसरमा गौरीकुण्डको पुननिर्माण गरिएको छ । गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयद्वारा विनियोजित रु दशलाख वजेटमा पुननिर्माण गरिएको हो ।

गण्डकी प्रदेश आर्थिक मामिलामन्त्री टकराज गुरुङले हालै नवनिर्मित कुण्डको शुभारम्भ गर्नुहुँदै प्रदेश सरकार ऐतिहासिक स्थलको संरक्षण गर्न प्रतिवद्ध रहेको बतातउनुभयो । इतिहासकारका अनुसार पार्वतीको दोस्रो नाम गौरीले अभिशेक गरेर महादेव उत्पन्न भएको स्थानमा सोही कुण्डको पानी लिएर जल अर्पण गरिएको हुनाले सो कुण्डको नाम गौरीकुण्ड रहेको किम्बदन्ती पाइन्छ । जहाँँदेखि श्रद्धालु भक्तजनले श्राद्धलगायत पूजापाठको लागि शुद्ध पानी लिएर महादेव मन्दिरमा चढाउने गर्दछन् । सन्तान नभएका महिला तथा पुरुष दुवैले शिवरात्रिको अवसरमा बत्ती बाल्ने प्रचलन छ र सन्तान प्राप्ति हुने भएकाले ईशानेश्वर महादेवलाई सन्तानेश्वर महादेव पनि भन्ने गरिन्छ ।

मध्यनेपाल नगरपालिका–७ का वडाध्यक्ष हीराबहादुर गुरुङले आर्थिक मामिलामन्त्री गुरुङलाई ईशानेश्वर महादेव मन्दिर निर्माण तथा संरक्षण आयोजनाको प्रतिवेदन हस्तान्तरण गर्नुभएको थियो । सन्तानेश्वर महादेव मन्दिरमा शिवरात्रिमा भारत बङ्गलादेश लगायतका हजारौँ श्रद्धालु भक्तजनको उपस्थिति रहने जनाउँदै नजिकिँदै गरेको शिवरात्रि पर्वलाई मध्यानजर गर्दै भक्तजनलाई सजिलोका लागि गौरीकुण्डको निर्माण सम्पन्न गरिएको महादेव क्षेत्र विकास समितिका अध्यक्ष गुणराज घिमिरेले बताउनुभयो ।