एजेन्सी । आइसिसी च्याम्यिन्स ट्रफीमा बिहीबार भारत र बंगलादेशबिच प्रतिस्पर्धा हुँदैछ । यूएईको दुवई क्रिकेट स्टेडियममा हुन लागेको खेल नेपाली समय अनुसार अपराह्न २ः४५ बजेबाट सुरु हुनेछ ।
भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि सेन्ट्रल भेन्यू यूएईमा उसका खेल हुन लागेका हुन् । भारतले नखेलेका खेलहरु भने सबै पाकिस्तानमा हुनेछन् ।
भारत पछिल्लो पटक सन् २०१७ मा भएको च्याम्पियन्स ट्रफीको उपविजेता बनेको थियो । उक्त खेलको फाइनलमा भारत पाकिस्तानसँग पराजित भएको थियो ।
यस्तै, भारतले सन् २००२ मा श्रीलंकासँग उपाधि बाँडेको थियो भने सन् २०१३ मा इङ्ग्ल्याण्डलाई हराउँदै उपाधि जितेको थियो ।
यसअघि ६ पटकसम्म च्याम्पियन्स ट्रफी खेलेको बंगलादेश भने सन् २०१७ मा सेमिफाइनलमा पुगेको थियो ।
भारतको टोली
रोहित शर्मा (कप्तान), विराट कोहली, केएल राहुल, शुभमन गिल, श्रेयस अय्यर, ऋषभ पन्त, हार्दिक पान्ड्या, रविन्द्र जडेजा, अक्षर पटेल, वशिंगटन सुंदर, कुलदीप यादव, हर्षित राणा, मोहम्मद शामी, अर्शदीप सिंह, वरुण चक्रवर्ती।
बंगलादेशको टोली
नजमुल हुसेन शान्तो (कप्तान), मुश्फिकुर रहीम, मेहदी हसन मिराज, सौम्य सरकार, तन्जीद हसन, तौहिद हृदय, महमुदुल्लाह, जाकर अली, रिशाद हुसैन, तस्किन अहमद, मुस्ताफिजुर रहमान, परवेज हुसैन, नासुम अहमद, तन्जीम हसन साकिब र नाहिद राना।










