२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे News Polar प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन News Polar नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल News Polar तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारकाे निर्णय News Polar थापाले बन्द सत्र समापनमा घोषणा गर्दै भने : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन News Polar खगेन्द्र सुनारले भने– ‘ममाथि लागेका सबै आरोपको निष्पक्ष छानबिन गरियोस्’ News Polar निर्वाचन प्रहरीको पोशाक खरिदबारे राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर अध्ययन गर्छौँ : ओली News Polar प्रहरीको पोशाक खरिद अध्ययन उपसमितिले पारित गर्‍यो १९ बुँदे कार्यविधि News Polar कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान News Polar मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा भएको अवसरमा रवि लामिछानेद्वारा बधाई News Polar उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक विषयक प्रतिवेदन पारित News Polar महामन्त्री गुरुराज घिमिरेको प्रतिवेदन महाधिवेशनबाट पारित News Polar कांग्रेस महाधिवेशन : कोषाध्यक्ष श्रेष्ठको आर्थिक प्रतिवेदन पारित

नेकपा विवाद झनै उल्झिँदै

नेकपा विवाद झनै उल्झिँदै
अ अ+ अ-

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र राष्ट्रिय सभा सदस्यमा पार्टीकै उपाध्यक्ष वामदेव गौतमले चाहना गरेपछि सचिवालयको बैठक विवाद सुल्झनेभन्दा बल्झनेतर्फ उन्मुख भएको छ। नेकपाभित्रको आन्तरिक विवाद सुल्झाउने क्रममा बनेको सुझाव कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न बोलाइएको सचिवालय बैठकमा प्रतिवेदनभन्दा पनि गौतमलाई राष्ट्रिय सभामा पठाउने पुरानो निर्णय कार्यान्वयनको विषयले प्रवेश पाउने हुँदा आन्तरिक विवाद समाधानभन्दा थप विवादतर्फ मोडिने संकेत देखा परेको हो।

बिहीबार बस्ने भनिएको सचिवालय बैठकमा विवाद समाधान कार्यदलले दिएको सुझावको विषयमा छलफल गर्ने कार्यसूची रहेको छ। तर पार्टीका उपाध्यक्ष गौतमले राष्ट्रिय सभाको सदस्यमा आफैं जान चाहेको र सो सन्दर्भमा फागुनमै गरिएको निर्णय कार्यान्वयनको सवाल उठेपछि त्यही विषयमा केन्द्रित हुने बताइएको छ। ‘विधिको कुरा उठेपछि उपाध्यक्ष गौतमले फागुन १४ गतेको निर्णय सम्झाए। प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्यस विषयमा ध्यानाकर्षण गराउँदै पार्टीले कार्यान्वयन गर्नुहोस् भन्छ,’ पार्टी सचिवलायका एक सदस्यले भने। उनका अनुसार पार्टीभित्र थिति बसाउने हो भने भएका निर्णय कार्यान्वयन गर्दै जानुपर्नेछ। ‘कि त निर्णय नै गर्नुभएन, निर्णय गरेपछि कार्यान्वयन गर्नुपर्छ प्रधानमन्त्रीसहित बसेको बैठकले गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरिएको थियो। त्यो अहिलेसम्म कार्यान्वयन भएको छैन,’ ती सदस्यको भनाइ छ।  

गत फागुन १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीसहितको सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको थियो। तर त्यसैदिन वरिष्ठ नेता माधवकुमार नेपाललाई ओलीले गौतमलाई राष्ट्रिय सभामा लैजान नसकिने बताएर बैठकको निर्णय कार्यान्वयन नहुने संकेत गरेका थिए। त्यसयता नै नेकपाभित्रको विवाद यथावत रहेको छ। पार्टीभित्र विवादको एउटा जड रहेका डा। युवराज खतिवडालाई पुनः अर्थमन्त्रीमा निरन्तर दिने ओलीको मनसायपछि गौतमले तीन दिनअघि ओलीलाई भेटेर फागुन १४ को निर्णय कार्यान्वयन गर्न माग गरेका थिए। ‘ओली अहिले पनि त्यो निर्णय कार्यान्वयन गर्ने मुडमा छैनन्, उनी गौतमलाई कुनै न कुनै बहानमा अल्झाउन चाहन्छन् तर गौतमले यसपटक के गर्छन् त्यो भोलिको बैठकमा थाहा हुनेछ,’ ती सचिवालय सदस्यले भने।

सचिवालय बैठक बस्नुअघि बुधबार दिउँसो दाहालले माधव नेपालसँग छलफल गरेका छन्। दाहालसँग सशंय प्रकट गरिरहेका नेपाललाई दाहाल आफैंले बुधबार दिउँसो निवासमा बोलाएर भेटघाट गरेका थिए। पार्टीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई बिहीबार भेटघाट गरेका थिए। उनीसँगै एक घण्टा जस्तो छलफल गरेका दाहालले आफ्नो र ओलीबीच कुनै पनि गोप्य सहमति नभएको भनेर संशय निवारण गर्ने कोसिस गरेको स्रोतले जनाएको छ। ‘बिहान एक घण्टा उहाँहरूबीच भेटघाट भएको हो, भेटघाट नभएको धेरै भयो भनेर बोलाइएको थियो,’ खुमलटारनिकट स्रोतले भन्यो। पार्टीको विवाद समाधान गर्ने विषयमा ६ सदस्यीय कार्यदल बनाएदेखि नै माधव नेपाल पक्षका नेताहरूले दाहालको भूमिकालाई लिएर संशय प्रकट गरिरहेका छन्। सुझाव कार्यदलको प्रतिवेदन आउनेबित्तिकै दाहाल समूहका नेताहरूले अबका महाधिवेशनमा दाहाल एकल उम्मेदवार र अध्यक्ष भएको बताएपछि संशयको लाभ झन् बढेको थियो।  

यही अवस्थामा नेता नेपालले पनि महाधिवेशनका लागि आफ्नो तयारी थालेका बेलामा दाहाल नेपाल भेटघाट भएको थियो। दहाल नेपाल भेटघाट भएपछि बालुवाटारबाट पनि दाहाललाई बोलावट भएको थियो। बुधबार साँझ प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालबीच भेटवार्ता भएको थियो। बिहीबार बस्ने सचिवालय बैठकको पूर्वसन्ध्यामा दुई अध्यक्षबीच बुधबार छलफल भएको हो। प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा सचिवालय बैठकका अजेन्डाबारे छलफल भएको बताइएको छ।  

यसअघि भदौ १३ गतेका लगि तय भएको सचिवालय बैठक कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि रोकिएको थियो। सचिवालय सदस्य उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा होम क्वारेन्टिनमा बसेका कारण बैठक स्थगित गएिको थियो। बिहीबारको बैठकमा नेकपा विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुनुका साथै अघिल्ला निर्णय र रोकिएको स्थायी कमिटी बैठक सञ्चालनबारे पनि छलफल हुनेछ। त्यस्तै सचिवालय बैठकमा राष्ट्रिय सभामा पठाउने सांसदको बारेमा समेत छलफल हुने बताइएको छ। अर्थमन्त्री युवराज खतिवडाको ६ महिने कार्यकाल भदौ २० गते सकिँदैछ। प्रधानमन्त्री ओलीले खतिवडालाई फेरि राष्ट्रिय सभा सदस्य बनाउन चाहेका बेला उपाध्यक्ष वामदेव गौतमले पनि राष्ट्रिय सभामा जाने चाहना राखेर ओलीलाई अप्ठ्यारोमा पारेका छन्। नागरिक दैनिक