१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार

जैविक श्रोतको वैज्ञानिक प्रयोग र प्रवर्द्धन गर्नसके नेपालको कृषिमा आमुल परिवर्तन ल्याउन सकिन्छः कृषिमन्त्री अधिकारी

जैविक श्रोतको वैज्ञानिक प्रयोग र प्रवर्द्धन गर्नसके नेपालको कृषिमा आमुल परिवर्तन ल्याउन सकिन्छः कृषिमन्त्री अधिकारी
अ अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै जैविक श्रोतको वैज्ञानिक प्रयोग र प्रवद्र्धन गर्नसके नेपालको कृषिमा आमुल परिवर्तन ल्याउन सकिने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल प्राकृतिक श्रोत, साधनले भरिपूर्ण देश भएको तर चिन्न नसकेको बताउनु भयो । उहाँले नेपाल जस्तो जैविक विविधताले भरिपूर्ण देशमा औषधिय वनस्पति र अन्य जैविक श्रोतहरुको व्यवसायिक र वैज्ञानिक सदुपयोग गर्नसके कृषिको आधुनिकीकरणसँगै आर्थिक समृद्धिमा पनि ठूलो योगदान पु¥याउने बताउनु भयो । उहाँले नेपालमा पाइने विभिन्न वनस्पति, जडिबुटी, कृषिबाली तथा जैविक श्रोतहरुले हाम्रो कृषि प्रणाली, औषधि उत्पादन, पोषण सुरक्षामा महत्वपूर्ण योगदान पु¥याउने गरेको उल्लेख गर्नुभयो । उहाँले जैविक श्रोतहरुको संरक्षण, अनुसन्धान, उत्पादनमुखी व्यवस्थापन तथा व्यवसायिकरण अझै प्रभावकारी हुन नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल प्राकृतिक श्रोत, साधनले भरिपूर्ण देश हो । हामीले चिन्न नसकेको आफ्नो ठाउँमा रहला । नेपाल जस्तो जैविक विविधताले भरिपूर्ण देशमा औषधिय वनस्पति र अन्य जैविक श्रोतहरुको व्यवसायिक र वैज्ञानिक सदुपयोग गर्नसके कृषिको आधुनिकीकरणसँगै आर्थिक समृद्धिमा पनि ठूलो योगदान पु¥याउन सकिन्छ । यहाँ पाइने विभिन्न वनस्पति, जडिबुटी, कृषिबाली तथा जैविक श्रोतहरुले हाम्रो कृषि प्रणाली, औषधि उत्पादन, पोषण सुरक्षामा महत्वपूर्ण योगदान पु¥याउने गरेको कुरा हामी सबैलाई थाहा छ । तर यि जैविक श्रोतहरुको संरक्षण, अनुसन्धान, उत्पादनमुखी व्यवस्थापन तथा व्यवसायिकरण अझै प्रभावकारी हुन सकेको छैन । राज्यले यसको व्यवस्थापन जुन ढंगबाट गर्नुपर्ने थियो, त्यसमा राम्रोसँग ध्यान नपुगेको मलाई लाग्दछ । परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै जैविक श्रोतको वैज्ञानिक प्रयोग र प्रवद्र्धन गर्नसके हाम्रो कृषिमा आमुल परिवर्तन ल्याउन सकिन्छ ।’

मन्त्री अधिकारीले सरकार कृषि अनुसन्धान, जैविक विविधताको संरक्षण तथा जैविक श्रोतहरुको औद्योगिक एवं व्यवसायिक प्रयोगलाई प्रवद्र्धन गर्न प्रतिवद्ध रहेको बताउनु भयो ।