५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिलमा कोभिडका सङ्क्रमित करिब ४१ लाख



अ+ अ-

ब्राजिल । ब्राजिलमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या करिब ४१ लाख पुगेका छन् । शुक्रबारसम्मको तथ्यांकअनुसार यहाँका ४० लाख ९१ हजार ८०१ जना संक्रमित भेटिएका छन् ।
गएको २४ घन्टाभित्र शुक्रबार यहाँ ५० हजार १६३ जना सङ्क्रमित भेटिएका यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

उक्त मन्त्रालयकाअनुसार कोरोना भाइरस संक्रमणबाट ब्राजिलमा १ लाख २५ हजारभन्दा बढीको ज्यान गएको छ । शुक्रबार मात्र यहाँ ८८८ जनाको ज्यान गएको थियो ।कोरोना भााइरसबाट सबैभन्दा बढी सङ्क्रमित हुनेमा ब्राजिल अमेरिकापछिको दोस्रो देश हो । अमेरिकामा ६३ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।

अहिलेसम्म विश्वमा यो संक्रमणबाट २ करोड ६७ लाख मानिस संक्रमित भएका छन् भने ८ लाख ७९ हजारभन्दा बढीको ज्यान गएको छ ।