२८ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी ‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव विकास सूचकाङ्क सुधार हुँदै गएको छ: परराष्ट्रमन्त्री डा राणा



अ+ अ-

काठमाडौँ।  परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालमा मानव विकास सूचकाङ्क पहिलाभन्दा सुधार हुँदै गएको बताकी छिन्।

धनगढी उपमहानगरपालिका–२ कार्यालयको प्रशासनिक भवनको आज उद्घाटन गर्दै मन्त्री डा राणाले मानव विकास सूचकाङ्क सुधार हुन जरुरी रहेको बताइन्। उनले भनिन्,’पूर्वाधारहरुको मात्र होइन, सामाजिक, मानवीय विकासलगायत अन्य सूचकको पनि विकास हुनु जरुरी छ ।’

मन्त्री डा राणाले विकासका लागि सबैले हातेमालो गरेर अघि बढ्न आवश्यक भएको बताइन्। ‘विकासको प्रक्रिया भनेको आजको भोलि टुङ्गिँदा पनि टुङ्गिँदैन र अझ बस्ती बढ्दै जान्छ, कहीँ पुरानो बस्ती छुटेको हुन्छ, जसले गर्दा विकासको क्रम चाहिँ हामीले अगाडि बढाउँदै लैजानुपर्ने हुन्छ’, उनले भनिन्।