९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

संचारकर्मी दिपक समिरको कथा संग्रह ‘मुना–मदनको डिभोर्स पार्टी’ सार्वजनिक

संचारकर्मी दिपक समिरको कथा संग्रह ‘मुना–मदनको डिभोर्स पार्टी’ सार्वजनिक
अ अ+ अ-

काठमाडौँ। लोकप्रीय संचारकर्मी दिपक समिरद्वारा लेखिएको कथा संग्रह ‘मुना–मदनको डिभोर्स पार्टी’ सार्वजनिक भएको छ । सामाजिक बिषयबस्तुमा आधारित कथा संग्रह आज राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजिक भएको हो ।

सो अवसरमा कथा संग्रहको समिक्षा गर्दै प्राध्यापक तथा समालोचक डाक्टर गीता त्रिपाठीले दिपक समिरका कथा ‘इतिहाँस’ र ‘बर्तमान’लाई जोड्ने पूल बनेको बताइन् । कथा संग्रहमा रहेको ‘नवराज बिकको भ्यालेन्टाइन डे’ शिर्षकको कथाले रुकुम हत्या काण्डमा मारिएका नवराज बिकलाई समेटेको भन्दै उनले कथा संग्रह नेपालको सामाजिक परिवेश र समाजको पीँधमा पारिएको वर्गप्रति लक्षित रहेको बताइन् । उनले भनिन्, ‘रुकुममा नवराज बिकको जातीयतामा आधारित पीडाको रगत बगेको छ । समाजको निकै वर्वर अवस्थामा नवराज मारिए तर त्यो पीडालाई कथामा उतारेर लेखकले नवराजलाई न्याय गरेका छन् ।’

समिरका अधिकांश कथा श्वेर कल्पनामा आधारित भएता पनि कथामा मौलिकता सहितको नारीबादी चेतना प्रखर रुपमा प्रयोग गरिएको उनले बताईन् । समाजको पीँधमा पारिरएका समदायलाई कुनै न कुनै बिम्ब प्रयोग गरेर कथाको मुख्य पात्र बनाई तिनका बारेमा कल्पनामा बगेर कथा लेख्नु कथाकार समिरको आफ्नै मौलिकता रहेको समालोचक त्रिपाठीको भनाई छ ।

कथा संग्रहका बारेमा चर्चा गर्दै सार्वजनिक सेवा प्रसारण (रेडियो नेपाल/नेपाल टेलिभिजन)का कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र बिष्टले समाजको बिम्ब कथामा उतारिएको बताए । दिपक समिरका कथाले भौगोलिक छलाङ्ग मारेको भन्दै उनले कथा संग्रहमा कबिता, निबन्ध र गीतको समेत संयोजन गरिएकाले कथा निकै उत्कृष्ट रहेको बताए । दिपक समिर बहु–आयामिक ब्यक्तित्वका धनि भएको भन्दै अध्यक्ष बिष्टले समिरका कथाले समाजलाई सचेत बनाउन मदत गर्ने धारणा ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै सार्वजनिक सेवा प्रसारण (रेडियो नेपाल/नेपाल टेलिभिजन)का कार्यसमिति सदस्य फूलमान बल तामाङ्गले दिपक समिरका कथामा भूत, वर्तमान र भविष्यको संयोजन गरिएको बताए । अति यथार्थवादी कल्पनाशिलताको प्रयोग गरिएका कारण कथामा नयाँ आयाम थपिएको भन्दै उनले आजको बिसंगत समाजलाई पर्दाफास गर्न कथा संग्रह सफल भएको दाबी गरे । उनले भने– ‘मुना मदनको डिभोर्स पार्टी शिर्षकको कथाले समाजको बिसंगत पक्षलाई उजागर गरेको छ । यस कथाले समाजमा पैदा भएको उच्छृङ्खलतामाथि प्रश्न गरेको छ, जुन आजको प्रश्न पनि हो ।’

कार्यक्रममा नेपाल टेलिभिजन राष्ट्रिय प्रशारणका प्रमुख टंक उप्रेतीले समाजमा नदेखिएका बिषयलाई सुक्ष्म तरिकाले अध्ययन गरि कथा लेखेको भन्दै कथाकार समिरको सिर्जनशिलता, नविनता र प्रभावकारिताको प्रशंसा गरे ।

आफ्नो जन्म दिनको अवसरमा कथा संग्रह सार्वजनिक गरेको भन्दै संचारकर्मी तथा कथाकार समिरले आफ्नो संचारथलो रेडियो र टेलभिजन नै कथा संग्रहको पृष्ठभुमि भएको बताए । बिगतमा आफुले गरेको संघर्ष र मेहनतले आफुलाई कथाकारको उचाइँमा समेत पुर्याएको भन्दै आफ्ना दिवंगत आमा बुवालाई सम्झेर उनी भावुक बनेका थिए ।

कार्यक्रममा बिभिन्न बिधाका साहित्यकार, समालोचक, संचारकर्मी तथा प्रतिष्ठित ब्यक्तित्वहरुको बाक्लो उपस्थिति थियो । इन्डिगो इन्कद्वारा प्रकाशित कथा संग्रहमा कथा संग्रहमा बिभिन्न शिर्षकका १४ वटा कथाहरु समावेश गरिएको छ ।