२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

औद्योगिकीकरणको बाटो अङ्गीकार गर्नैपर्नेमा अध्यक्ष दाहालको जोड



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि कृषि उत्पादन वृद्धिसँगै कृषिमा आधारित औद्योगिकीकरणको नीति अवलम्बन गरिनुपर्नेमा जोड दिनुभएको छ ।

अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र)को केन्द्रीय समितिको आज यहाँ आयोजित तेस्रो पूर्ण बैठकमा उहाँले स्थानीय तहदेखि नै कृषि उत्पादनमा वृद्धि र औद्योगिकीकरणको बाटो समात्नुपर्ने बताउनुभयो ।

“कृषि उत्पादनलाई मुख्य आधार बनाएर स्थानीय तहबाट समाजवादको यात्रा अघि बढाउनुपर्छ”, अध्यक्ष दाहालले भन्नुभयो, “स्थानीय उत्पादनको वृद्धि र प्रशोधन तथा साना उद्योगको स्थापनामार्फत रोजगारी बढाउनेतर्फ केन्द्रित हुनुपर्छ ।” त्यसका लागि आफ्नो पार्टीबाट जितेका स्थानीय सरकारका प्रतिनिधिलाई भेला गरेर समाजवादको अभ्याससम्बन्धी प्रशिक्षणको व्यवस्था गरिएको उहाँले बताउनुभयोे ।

चालु आर्थिक वर्षको बजेट बनाउँदा आफूहरुले कृषिलाई आधार र सूचना प्रविधिलाई अर्थतन्त्रको मेरुदण्ड मानेर तदनुरुप कार्यक्रम बनाएको तर वर्तमान सरकारले सो बजेटलाई तोडमोड गरेको आरोप लगाउनुभयो ।

बैठकमा महासङ्घका अध्यक्ष चित्रबहादुर श्रेष्ठले महासङ्घको वार्षिक प्रतिवेदन पेस गर्नुभएको थियो ।