४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस चौतारी नेपाल बझाङको अध्यक्षमा सुरेश धामी निर्वाचित



अ+ अ-

काठमाडौं । प्रेस चौतारी नेपाल बझाङको जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ ।

अधिवेशनबाट अध्यक्षमा सुरेश धामी सर्वसम्मत निर्वाचित हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा कर्ण धामी, अन्तिमा खड्का निर्वाचित हुनुभएको छ ।

सचिवमा वचनराज जोशी निर्वाचित हुँदा सहसचिवमा सुरेन्द्रबहादुर खत्री र सपना खाती निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा शमी खत्री चुनिनु भएको छ ।

सदस्यमा सिजन थापा, पुतलीकुमारी ऐडी, सावित्री रोकाया र शान्ति धामी निर्वाचित हुनुभएको छ ।

केन्द्रीय प्रतिनिधिमा वसन्तप्रताप सिंह र सन्जिता धामी निर्वाचित हुनुभएको छ ।

प्रदेश प्रतिनिधिमा लक्ष्मी धामी र दीपकराज जोशी चुनिनु भएको छ ।