एजेन्सी । चाइना इस्टर्न एयरलाइन्सको विमान गुआङ्सी क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ ।
कुनमिङबाट ग्वान्झाउका लागि उडेको उक्त विमानमा १३३ यात्रु सवार थिए ।
दुर्घटनाग्रस्त विमान बोइङ ७३७ थियो । मृतकको संख्या अझै यकिन हुन सकेको छैन ।
विमानमा आगो लागेपछि पहाडी क्षेत्रमा पनि आगो लागेको बताइएको छ । उडान नम्बर एमयू ५७३५ मा सवार यात्रुलाई कुनै अप्रिय घटना हुनसक्ने आशंका गरिएको छ ।
थप विवरण आउन बाँकी छ ।