११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती

नेपालको जैविक विविधता जोगाउनुपर्ने चुनौति छः पर्यटनमन्त्री पाण्डे

नेपालको जैविक विविधता जोगाउनुपर्ने चुनौति छः पर्यटनमन्त्री पाण्डे
अ अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपालको जैविक विविधता जोगाउनुपर्ने चुनौति रहेको बताउनुभएको छ ।

४६ औं पर्यटक प्रहरी दिवसको अवसरमा काठमाडौंमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा पर्यटनको विकास र प्रवद्र्धनका लागि जैविक प्राकृतिक विविधतालाई जोगाउनुपर्ने चुनौति रहेको बताउनु भयो ।

उहाँले पर्यटन क्षेत्र एक्लै अघि बढ्न नसक्ने भन्दै सबैको समन्वय र सहकार्यमा पर्यटन क्षेत्रको प्रवद्र्धन जरुरी रहेको बताउनु भयो । नदीको प्राकृतिक वहावमा अतिक्रमण गर्न नहुने बतउनु भयो । पर्यटनमन्त्री पाण्डेले नेपालमा पर्यटनको अनुकुल वातावरण छ भन्नेकुरा सरकारले स्थापित गरेर छोड्ने बताउनु भयो । पर्यटकहरु देशको समृद्धिको वाहक भएको बताउनु भयो ।

मन्त्री पाण्डेले भन्नुभयो, ‘पर्यटन क्षेत्र भनेको एक्लै अगाडि बढ्नै नसक्ने क्षेत्र हो । एक्लैले म यो गर्छु भनेर सम्भव हुँदैन । पर्यटन भन्नासाथै पर्यटनसँग सबै क्षेत्र जोडिन्छ । गृह मन्त्रालय जोडिन्छ, परराष्ट्र मन्त्रालय जोडिन्छ, वन मन्त्रालय जोडिन्छ, उद्योग मन्त्रालय जोडिन्छ । ठाउँ ठाउँमा क्रसहरु खुल्दैछन् । नदीको प्राकृतिक वहावमा अतिक्रमण भयो भने ¥याफ्टिङको सम्भावना रहँदैन । उर्जा मन्त्रालयले ठूला—ठूला ड्याम राखेर उर्जाको विकास गर्दछ । विकास जरुरी छ । तर नदीको प्राकृतिक वहाव हामीले जोगाउनुपर्ने चुनौति पनि छ । जैविक विविधता जोगाउनुपर्ने चुनौति पनि छ । त्यसको सुरक्षा भएन भने पर्यटकहरु त्यो गन्तव्यमा जान मान्दैनन् ।’

पर्यटनमन्त्री पाण्डेले अहिले नेपालमा पर्यटक प्रहरीको संख्या २४६ रहेको भन्दै पर्यटक प्रहरीको प्रभावकारिता बढाउँदै लैजानुपर्ने बताउनु भयो । उहाँले कर्णालीको रारा र सुदूरपश्चिमको खप्तडमा प्रहरी पर्यटक लैजाने तयारी शुरु गरेको बताउनु भयो । प्रहरी पयर्टकको संख्या बढाउने र २९ ठाउँमा मात्रै सिमित पर्यटक प्रहरीलाई बढाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।