३१ जेष्ठ २०८३, आईतवार
,
Latest
भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन विश्व रक्तदाता दिवस: सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु २१ किलो गाँजासहित एक जना पक्राउ मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु -तस्बिरसहित
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानका दुई जिल्लामा तालिबानको आक्रमण, चार प्रहरीसहित २१को मृत्यु



अ+ अ-

फैजाबाद । अफगानिस्तानको उत्तरी प्रान्तका दुई जिल्लामा तालिबानका लडाकूहरुले भिषण हमला गरेका छन् । तालिबानी सशस्त्र लडाकूहरुले गरेको सो हमलामा परी २१ जनाको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् । 

उत्तरी अफगानिस्तानको सुहादा र खास जिल्लाका कैयौँ स्थानहरुमा उनीहरुले हमला गरेका हुन् । ती हमलाहरुमा परी १७ जना तालिबानी लडाकूहरु नै मारिएका बताइएको छ । 

त्यसमा परी चार जना प्रहरी पनि मारिएका छन् । आइतबार बिहान ती दुई जिल्लाका सहरमा उनीहरुले हमला गरेका बताइएको छ । सुनियोजित रुपमा एकै पटक ती सहरमा हमला गरिएको अधिकारीहरुले जनाएका छन् । हमलाका क्रममा चार जना प्रहरी पनि मारिएका उनीहरुको भनाई छ । 

सुहादा जिल्लाका सहरमा १० जना र खास जिल्लाको एक सहरमा अरु सात जना मारिएका बताइएको छ । उनीहरुले सुरक्षा जाँच चौकीमा आक्रमण गरेका थिए । यस क्रममा १० जना तालिबान लडाकू र अरु सात जना प्रहरी घाइते भएका बताइएको छ । 

हालैमात्र अफगान सरकार र त्यहाँका ताबिलानहरुबीच कतारको राजधानी दोहामा शान्ति वार्ता शुरु भएको छ । तर पनि उता वार्ता जारी नै रहेका बेला यता तालिबानहरुले भने आक्रमण शुरु गरेका छन् । तर पनि यस विषयमा तालिबानी समूहका तर्फबाट भने कुनै पनि प्रतिक्रिया आएको छैन ।