४ बैशाख २०८२, बिहीबार
April 17, 2025 Thursday

17.27°C

काठमाडौं

17.27°C

Kathmandu

Feels-like: 17.66

Wind: 2.06

Humidity: 100

Latest
माग सम्बोधन गर्न भूमि समस्या सामाधान आयोगलाई आग्रह रास्वपा महाधिवेशन फागुनमा,सातै प्रदेशका इन्चार्ज तोकिए नारायणी नदीमा बेपत्ता दुई बालकको शव फेला युवा पुस्तालाई स्वदेशमा आयआर्जनको व्यवस्था मिलाउन आवश्यकः मुख्यमन्त्री लामा कमलले फेरि भने: तिनकुने घटनामा पक्राउ परेकालाई छाडियोस् लालगढमा सातै प्रदेशका उपसभामुखको सम्मेलन शुरु ६ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस राजनीति गर्नेहरुकै कारण देश खत्तम भयो भन्ने भाष्य विकास हुँदै गयोः मन्त्री राणा प्रयास नेपालका बालबालिकालाई हिमालय एयरलाइन्सद्वारा सहयोग चार भुटानी शरणार्थीलाई देश निकाला नगर्न सर्वोच्चको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछाने सुप्रिम सहकारी ठगी मुद्दामा आज रुपन्देही अदालतमा उपस्थित हुने



अ+ अ-

काठमाडौं । गोर्खा मिडिया नेट्वर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने भएका छन् ।

लामिछानेमाथि रुपन्देही जिल्ला अदालतमा सुप्रिम सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता भइसकेको छ । सोही मुद्दाका लागि उनी हिजै भैरहवा पुगेका छन् । उनी हिजो बुद्ध एयरलाइन्सको विमानबाट श्रीमती निकिता पौडेल लामिछानेसहित भैरहवामा उत्रिएका हुन् ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा यही माघ ६ गते जिल्ला अदालतमा दायर गरिएको पुरक अभियोगपत्रमा रविलाई प्रतिवादी बनाइएको छ । उक्त मुद्दामा रविविरुद्ध ४ करोडभन्दा धेरैको बिगो कायम गरिएको छ ।

लामिछाने अदालतमा हाजिर भएपछि बयान थालिनेछ । त्यसपछि थुनछेक बहस भएर पुर्पक्षको टुंगो हुने छ ।

सुप्रिमको बचत अपचलन कसुरमा जिल्ला अदालत रुपन्देहीमा हालसम्म ४२ जनाविरुद्ध मुद्दा दर्ता भइसकेको छ। प्रतिवादी ४२ जनाबाट सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा एक अर्ब ४३ करोड ८६ लाख २ हजार एक सय ३५ रुपैयाँ बिगो मागदाबीसहित अभियोग लगिएको हो ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा एक हजार ९ सय ३ तीन जना बचतकर्ता थिए । जसमा एक हजार ८ सय ७२ जनाले ४२ जनाविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका थिए ।

यसअघि लामिछाने पोखराको सूर्यदर्शन सहकारी र काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम ठगीको अभियोगमा क्रमश: ६५ र ६० लाख धरौटीमा रिहा भएका थिए ।