३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

लगातार उकालो लाग्दै आएको सेयर बजार आज थामियो

लगातार उकालो लाग्दै आएको सेयर बजार आज थामियो
अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ६.१२ बिन्दुले ओरालो लागेको छ । लगातार उकालो लाग्दै आएको बजार आज थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा गिरावट आउँदा परिसूचक एक हजार ५६९.०६ मा पुगेको  छ । 

यस्तै सेन्सेटिभ परिसूचक १.३८ ले ओरालो लागेर ३१२.२४ मा पुगेको छ । कूल १९५ कम्पनीको ८५ लाख ६५ हजार ७८ कित्ता शेयर रु दुई अर्ब ६३ करोड ७३ लाख ७६ हजार २१६ बराबरको कारोवार भएको छ । कारोवार भएक कूल १२ उपसमूहमध्ये आज उत्पादन उपसमूहको मात्रै शेयर उकालो लागेको छ । सो उपसमूह १२.२३ ले उकालो लाग्दा बैंकिङ ४.३२, व्यापार १०.९९, होटल ३२.६१, विकास बैंक ११.५, जलविद्युत् ५.८८, वित्त ९.४३, निर्जीवन बीमा ५४.९८, अन्य १.४३, लघुवित्त ७.३८, जवन बीमा ६७.८५ र सामूहिक लगानी कोष ०.११ बिन्दुले ओरालो लागेका छन् । 

कारोवारका आधारमा आज नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु २१ करोड ३८ लाख ८४ हजार ४५८ बराबरको कारोवार भएको छ । यस्तै नेपाल पुर्नबीमा कम्पनी रु १४ करोड ९० लाख ३६ हजार ९२९, रिलायन्स लाइफ इन्स्योरेन्स रु १२ करोड ९८ लाख ५५ हजार ८६५, छिमेक लघुवित्त रु सात करोड १९ लाख १५ हजार ९७६ र शिखर इन्स्योरेन्स कम्पनी रु छ करोड ५३ लाख ५५ हजार ५७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । 

कारोवारका आधमार युनाइटेड फाइनान्स १०, नेशनल हाइड्रोपावर कम्पनी ५, पञ्चकन्या माई हाइड्रोपावर ४.८१, सिन्धु विकास बैंक ३.७६ र नाडेप लघुवित्तका लगानीकर्ताले ३.६१ प्रतिशतले कमाए । यस्तै लिवर्टी इनर्जी १०, रैराङ हाइड्रोपावर ९.८०, घलेम्दी हाइड्रो ९.५२, माउण्टेन हाइड्रो ७.८९ र प्रोगेसिभ फाइनान्सका लगानीकर्ताले ६.६१ प्रतिशतले गुमाए ।