काठमाडौँ । आईसीसी यू–१९ टी–२० महिला विश्वकपको दोस्रो खेलमा नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।
केहीबेरमै सुरु हुने खेलमा नेपालले टस जितेको छ ।
टस जितेर नेपालकी कप्तान पुजा महतोले पहिले ब्याटिङ गर्ने निर्णय गरेकी छन् ।
नेपालले पहिलो खेलमा बंगलादेशसँग हार व्यहोरेको थियो । नेपाल आजको खेल जित्दै सुपर सिक्स सम्भावना बलियो बनाउन चाहन्छ ।










