७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी

वामदेवका बाधाहरु !

वामदेवका बाधाहरु !
अ+ अ-

काठमाडौं । बामदेव गौतम नाम नेपालको राजनीतिमा एक अस्थिर र विवादित पात्रका रुपमा पछिल्लो समय चित्रित हुन थालेको छ । प्रतिनिधि सभाको पछिल्लो निर्वाचनपछि आधा कार्यकाल पूरा भएको छ र यतिन्जेलसम्म उनको नाममा नेकपाभित्र धेरैले धेरैथरि खिचडी पकाए । तर पहाड फोडेर निकालिएको मुसो हालै उनका उनका हात के लागेको थियो त्यसमाथि पनि मुलुकको सर्वाेच्च कानुनको नयाँ व्याख्याले उनैलाई थप विवादित बनाइदिएको छ । अधैर्य बामदेवलाई अझै कम्तीमा पनि एक हप्ता यो व्याख्या सुन्न लाग्ने नै छ । कानुनका नौ सिङबाट हात के लाग्ने हो भन्ने कुरा अहिले भने गर्भमै छ । 

जब उनले अघिल्लो निर्वाचनमा बर्दियाबाट निर्वाचन हारे त्यसपछि उनका बारेमा लख काट्ने, उनलाई सान्त्वना दिएजस्तो गरेर आफ्ना कुरा राख्ने तथा र उनलाई अघि सारेर आफ्नो अभिष्ट पूरा गर्ने धेरैथरि अभ्यास नेकपामा देखियो, जनुन अद्यापि जारी नै छ । तर निर्वाचन हारे ताकको पहिलो र आजपनि कहीँ कतै सुषुप्त रही आएको उनीप्रति देखाइने तर्क चाहिँ हिजो बामदेव एमालेभित्रका माओवादी भएर काम गरे तर आज माओवादी समेत मिसिएर नेकपा देशको ठूलो पार्टी बनेपछि भने उनी किनाराका साक्षी बाहेक केही हुन सकेनन् । हुनपनि ह्वेल माछा मागेका बामदेवलाई अघिल्लो साता भ्यागुतो हात लागेको छ, तर त्यसको भविष्य पनि के हुने हो अझै स्पष्ट छैन । 

हुन पनि जतिबेला उनले एमालेमा माओवादीलाई सफ्ट कर्नरबाट हेर्ने गर्थे, एमाले अध्यक्ष केपी ओलीले नै उनलाई ‘एमालेका माओवादी नेता’ को उपनाम नै दिएका थिए । तर आज बामदेव ‘डक्ट्रिन’ सफल भएपछि भने पहिलो पंक्तिका माओवादी नेता ओली नै बनेका छन् र बामदेव न एमाले र नत माओवादीका रुपमा बीचमा रहन बाध्य छन् । उनको माओवादीप्रतिको सफ्ट कर्नर अहिले पार्टीभित्र आफै कर्नरमा पुग्न काम लागेजस्तो देखिएको छ । पाँच वर्ष जनताको मतको कदर गरेर धैर्यतापूर्वक बस्न नसक्दाको परिणाम आज बामदेव फेरि एकपटक विवादमा तानिएका छन् । उनी सहभागी र संलग्न भएका नेकपाका हरेक काम र कदमहरु नै विवादमा पर्ने गरेजस्तै आज त्यसैको निरन्तरता नेपाली बजारमा देखिएको छ । 

जनताको मतबाट निर्वाचन हारेका नेता बामदेव अब अर्काे निर्वाचन आउन आधामात्र समय बाँकी रहँदासम्म पनि अधैर्य नै रहे । त्यसो त उनी बीचमा पनि अर्काे निर्वाचन कुरेर बस्न सकेका होइनन् । उनलाई नेपालका धेरै जिल्लामा पुनः निर्वाचन लड्न जान लागेको भनेर धेरैतिर जोडियो । हुम्लादेखि काठमाडौँसम्म नै । यहाँसम्म कि तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि पोखरामा पनि उनी नै निर्वाचन लड्न जाने भनृर प्रचार गरियो । नेकपाभित्र यो मुद्दा यसरी बजारमा आयो कि बामदेवले नै होइन भनेर विज्ञप्ति निकाल्नुपर्यो । काठमाडौँमा त रामवीर मानन्धरले आफूले बामदेवलाई छोड्ने भनेर आफै नै सार्वजनिक भए । जवकि उनलाई पार्टीले टिकट दिने कुरै थिएन । 

एकताका बामदेवले आफू राष्ट्रिय सभाको सदस्यमा जान्न पनि भने । पछि फेरि उनैले भने यदि राष्ट्रि सभाको सदस्यलाई पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन भएमा आफू जाने पनि बताए । तर उनले आपसमा गरेको त्यो असम्भव कुरालाई बालुवाटारले सार्वजनिक गरिदियो । यसपछि देशका कानुन व्यवसायीहरुले मिडियामा आफ्ना खेती गर्न पाए । आखिर त्यो नहुने काम थियो भएन, तर बामदेव एकजनाका लागि देशको संविधान संशोधन गर्न खोजिएको भन्ने अपगाल मात्र पाए । जसरी उनको नाम देशका विभिन्न ठाउँबाट निर्वाचन लड्ने भनेर मुछियो त्यसैगरी यो मुद्दाले पनि उनैलाई विवादमा तान्यो । 

अहिले बामदेब बबुरा मात्र बन्न बाध्य छन् । उनलाई राष्ट्रिय सभामा नियुक्ति गर्न सरकारलाई यति धेरै दबाब दिइयो कि त्यसले मानौँ कि राज्य व्यवस्थामा नै उलटपुलट त ल्याउँदैन भन्ने जस्तो कोकोहोलो बजारमा आयो । प्रधानमन्त्री हुन नपाएपनि उनलाई अर्थ, गृहमन्त्रीसँग सजिलै जोडियो जुन प्रधानमन्त्रीको डायरीमै छैन । त्यसैमाथि सर्वाेच्चको हिजोको अन्तरिम आदेशले त प्रधानमन्त्रीका पनि हाड हाँसेजस्तै लाग्छ । उनीप्रतिको पार्टीको, सरकारको र राज्यकै चासो हेर्दा पहाडै खनेजस्तो लाग्दैथियो तर अन्ततः त्यसबाट निस्किएको मुसोकै संरक्षण कसरी होला भन्ने अर्काे चिन्ता बामदेवमाथि नै थपिदिएको छ । 

धेरै छन् बामदेवका बाधाहरु । कतिपय उनी आफै सिर्जना गर्छन् र कतिपय उहिले बल्खु र अहिलेको सन्दर्भमा बालुवाटारले पनि सिर्जना गर्दछ । राजनीतिमा धैर्यता गुमाउदाको परिणाम उनीबाट पनि अरु राजनीज्ञिले सिक्न सक्छन् । निर्वाचन हारेर आधा कार्यकाल यसै बसेका बामदेवले अहिले आएर गहतको झोलमा जात फालेका कारण पनि उनलाई समय र नियतिले यस्तै अस्थिर बनाउँदै लैजाने देखिन्छ ।