७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी

अब बैंक खाता चाहिँदैन, वालेटमै विदेशबाट पैसा पठाउन सकिन्छ

अब बैंक खाता चाहिँदैन, वालेटमै विदेशबाट पैसा पठाउन सकिन्छ
अ+ अ-

काठमाडौँ । अब विदेशबाट विद्युतीय माध्यम (वालेट) बाटै रेमिट्यान्स पठाउन पाइने भएको छ । राष्ट्र बैंकले मंगलबारदेखि लागू हुने गरी गरेको व्यवस्थाले यस्तो सुविधा मिलेको हो । यसअघि विदेशमा रहेका नेपालीले विद्युतीय माध्यमबाट पैसा पठाए पनि नेपालमा बैंक खातामै पठाउनुपर्थ्यो । नयाँ व्यवस्थाअनुसार विदेशमा रहेका नेपालीले त्यहाँको वालेटबाटै नेपाली वालेटमा पैसा पठाउन पाउनेछन् ।

मानौं, मलेसियामा कार्यरत नेपालीले रेमिट्यान्स पठाउँदा यहाँको इसेवा, आईएमई पे जस्तै स्थानीय भुक्तानी सेवा प्रदायकको ९वालेट० एप डाउनलोड गर्नुपर्नेछ । सोही एपमार्फत सिधै नेपालमा ई–सेवा, आईएमई पेलगायत भुक्तानी सेवा प्रदायकको अनुमति पाएका कम्पनीको खातामा पैसा पठाउन सकिनेछ । अब रेमिट्यान्स पठाउनकै लागि कामदार रेमिट्यान्स कम्पनी वा बैंकसम्म धाइरहनु पर्दैन । कामदारले आफू रहेकै स्थानबाट आफूलाई पायक पर्ने समयमा सिधै आफन्तको वालेटमा पैसा पठाउन सक्नेछन् ।

विद्युतीय माध्यमबाट रेमिट्यान्स ल्याउन सकिने व्यवस्था डिजिटलाइजेसनमा ठूलो फड्को भएको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख बमबहादुर मिश्र बताउँछन् । ‘अब औपचारिक माध्यमबाट धेरै रेमिट्यान्स भित्रिन्छ भन्ने हाम्रो अपेक्षा हो,’ उनले भने, ‘झन्झटरहित भएकाले धेरै नेपालीलाई पैसा पठाउन सजिलो हुनेछ ।’ यो नयाँ व्यवस्था रेमिट्यान्सको क्षेत्रमा एउटा सकारात्मक कदम भएको नेपाल रेमिटर्स एसोसिएसनका अध्यक्ष सुमन पोखरेलले बताए । ‘राम्रो सुरुवात भएको छ,’ उनले भने, ‘आउँदा दिनमा धेरै रेमिट्यान्स भित्र्याउन यो व्यवस्था सहयोगी हुनेछ ।’ कामदारहरूले आफू रहेकै स्थानबाट चाहेको समयमा पैसा पठाउन सक्ने भएकाले धेरै सजिलो छ । समय र पैसाको पनि बचत हुने राष्ट्र बैंकका निर्देशक गुरुप्रसाद पौडेलको दाबी छ । ‘रेमिट्यान्सको क्षेत्रमा ठूलो उपलब्धि हो यो,’ उनले भने, ‘यो व्यवस्थाले विदेशमा बस्ने नेपालीलाई बैंकिङ प्रणालीबाट रेमिट्यान्स पठाउन प्रोत्साहन गर्छ ।’

विद्युतीय माध्यमबाट रेमिट्यान्स भित्र्याउने काम नयाँ भने होइन । करिब तीन वर्ष अघिदेखि नै केही रेमिट्यान्स कम्पनीले ‘वालेट’ मार्फत रेमिट्यान्स पठाउने प्रणाली सुरु गरिसकेका छन् । तर यसअघि उताबाट वालेटबाट पैसा पठाए पनि नेपालमा बैंक खातामै जम्मा गर्नुपर्थ्यो । अब सिधै वालेटमै पठाउन सकिने भएको हो । तर पैसा पठाउने र पाउने दुवै वालेट अटोमेटिक रूपमा बैंक खातासँग आबद्ध हुनुपर्छ । यो व्यवस्थामार्फत पैसा पठाउँदा वालेटमा बढीमा २५ हजार रुपैयाँ मात्र राख्न पाइनेछ । विदेशबाट भने जति रकम पनि वालेटमा पठाउन पाइन्छ । तर नेपालमा आइसकेपछि वालेटमा रहेको २५ हजार रुपैयाँभन्दा बढी रकम सिधै बैंक खातामा जाने व्यवस्था छ ।

‘विदेशबाट पठाएको रकम प्राप्त गर्ने व्यक्तिले रकमान्तर गर्न वा आफैं स्वयं उपस्थित भई भुक्तानी लिन नसक्ने अवस्थामा वालेटमा रहने तोकिएको सीमाभन्दा बढी रकम भुक्तानी सेवा प्रदायक संस्थाले प्रापकको बैंक खातामा स्वतः स्थानान्तरण हुने व्यवस्था मिलाउनुपर्ने,’ निर्देशनमा भनिएको छ । यो प्रक्रियामा पनि प्रचलित कानुनबमोजिम गर्नुपर्ने एएमएलरसीएफटीसम्बन्धी व्यवस्थाको परिपालना गर्नुपर्ने पनि निर्देशनमा छ । कारोबार गर्दा विवरण गल्ती भई कारोबार सम्पन्न हुन नसकेको अवस्थामा स्वचालित तवरले फिर्ता हुने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले भनेको छ ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा ८ खर्ब ७५ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो नेपाली मुद्रामा ०।५ प्रतिशतले र अमेरिकी डलरमा ३।३ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षमा रेमिट्यान्समार्फत ८ खर्ब ७९ अर्ब रुपैयाँ मुलुक भित्रिएको थियो । यो करिब साढे १६ प्रतिशतको वृद्धि हो ।

गत आर्थिक वर्ष नेपाल भित्रिएको रेमिट्यान्समा कोभिड–१९ को असर खासै देखिएन । अघिल्लो आर्थिक वर्षकै हाराहारीमा गत आर्थिक वर्षमा पनि रेमिट्यान्स आएपछि कोभिडको असर नदेखिएका रूपमा विश्लेषण गरिएको हो । विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण नेपाल भित्रिने रेमिट्यान्स १० देखि १५ प्रतिशतले घट्ने अनुमान थियो । तर गत आर्थिक वर्षमा अमेरिकी डलरमा करिब ३ प्रतिशतले मात्र रेमिट्यान्समा कमी आयो । नेपालमा लकडाउन सुरु भएको महिना ९गत चैतमा० ३४ अर्ब रुपैयाँ रेमिट्यान्स आयो । यसलाई कोभिड–१९ को असरसँग जोडेर हेरियो । किनकि गत फागुनमा करिब ७९ अर्ब रुपैयाँ रेमिट्यान्स आएको थियो । तर त्यसपछिका महिनामा रेमिट्यान्स बढ्न थाल्यो । जसअनुसार वैशाखमा ५३ अर्ब, जेठमा ९४ अर्ब र असारमा १ खर्ब १ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो । कान्तिपुरमा समाचार छ ।