२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जय ट्रफीः मधेश प्रदेश १०२ रनमा अलआउट, सन्दिपले लिए ५ विकेट



अ+ अ-

काठमाडौँ । जनकपुरधाममा जारी ‘जय ट्रफी मेन्स एलिट कप’ क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा मधेश प्रदेश आफ्नो पहिलो पारीमा १०२ रन बनाएर अलआउट भएको छ ।

मधेश प्रदेशको टोली बागमती प्रदेशविरुद्ध ३५.३ ओभरमा अलआउट भएको हो ।

दुई दिवसीय प्रतियोगितामा मधेश प्रदेशले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो । प्रतिकुल मौसमका कारण निर्धारित समयभन्दा करिब दुई घण्टा ढिलो सुरु भएको खेलमा मधेश प्रदेशका कुनै पनि ब्याट्सम्यान लामो समयसम्म क्रिजमा टिक्न सकेनन् ।

कप्तान हरिशंकर साह चार रन बनाउँदै पेभेलियन फर्किए । अर्का ओपनर मयन यादवले २१ रन जोडे । उनले ३६ बलको सामना गर्दै एक छक्का र एक चौका प्रहार गरेका थिए ।

तेस्रो नम्बरका ब्याट्सम्यान निरज यादवले १२ रन बनाए । चौथो नम्बरमा क्रिज सम्हाल्न आएका साहिल पटेल ६ रनमै आउट भए । विकेटकिपर ब्याट्सम्यान हिमांशु दत्तले पनि १० रनभन्दा बढी जोड्न सकेनन् ।

रुपेश सिंह ६ रन बनाउँदै पेभेलियन फर्किए । सातौँ नम्बरमा क्रिजमा आएका विशाल पटेलले टोलीको खातामा १६ रन थपे ।

यस्तै, अभिषेक तिवारीले ११ रन बनाए भने प्रदिप पासवान दुई रन बनाउँदै आउट भए । रञ्जित कुमार शून्य रनमै आउट भए । भुलावन साहनी दुई रनमा अविजित रहे । मधेश प्रदेशले अतिरिक्त रुपमा १२ रन पायो ।

बागमती प्रदेशका बलर सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिए । टोलीका कप्तानसमेत रहेका सन्दीपले १४ ओभरमा दुई मेडन राख्दै ४१ रन खर्चिए । यस्तै, सूर्य तामाङले तीन विकेट हात पारे । उनले २.३ ओभरमा ७ रन खर्चिए । नन्दन यादव र प्रतिस जीसीले एक–एक विकेट लिए ।

जय ट्रफी आइतबारदेखि जनकपुरधाम र वीरगञ्जमा सुरु भएको हो । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको प्रतियोगितामा चार वटा टोलीको सहभागिता रहेको छ ।

प्रारम्भिक चरणको खेल दुई दिवसीय हुनेछ । फाइनल खेल भने तीन दिवसीय हुनेछ । जय ट्रफीका खेलहरू प्रत्येक दिन ९० ओभरको हुनेछ । प्रतियोगिताको प्रारम्भिक चरणमा प्रत्येक पाली ६०–६० ओभरको हुनेछ । ब्याटिङ गर्ने टोलीले पुरै ६० ओभर ब्याटिङ गर्न वा आफूले चाहेमा बिचमै पाली समाप्तिको घोषणा गर्न सक्नेछ ।