२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरको हब बनाउँछौंः कुलमान घिसिङ



अ+ अ-

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरको हब बनाउने बताउनुभएको छ ।

आईतवार पुल्चोक इन्जिनियरिङ क्याम्पसका भएको हाई भोल्टेज ल्यावको उद्घाटन कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताउनुभएको हो ।

उहाँले विद्युत प्राधिकरणमा इलेक्ट्रिकल इन्जिनियरको अभाव रहेको बताउनु भयो । उहाँले लामो समयसम्म दरबन्दी बनाउन नसक्दा रोकिएको इलेक्ट्रिकल इन्जिनियरको विज्ञापन भर्खरै निकाल्न सफल भएको बताउनु भयो । उहाँले लोकसेवामार्फत एकै पटक ७० जना इलेक्ट्रिकल इन्जिनियर लिनेगरी विज्ञापन निकालिएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘विद्युत प्राधिकरणका ट्रान्सफर टेष्टिङ ल्याव र वर्कसपहरु प्रायः इन्टर्नसिपका विद्यार्थीले नै चलाएका छन् । धेरै ठाउँका ट्रेनिङ सेन्टरहरुबाट विद्यार्थीहरु आउँछन् । विद्युत प्राधिकरणले १५ सय जना विद्यार्थीहरुलाई हरेक लटमा लिने गरेका छौ । प्राधिकरणले इन्टर्नसिप लिइ रहेका छौं । इलेक्टिकल इन्जिनियरको लागि एकै पटक ७० वटा सिटमा लोकसेवामार्फत विज्ञापन निकालेका छौं । इलेक्टिकल इन्जिनियर विद्युत प्राधिकरणभित्र खडेरी छ । लामो समयदेखि विज्ञापन दरबन्दी यकिन गर्न नसक्दा निकाल्न सकेका थिएनौं । इलेक्ट्रिकल इन्जिनियरहरुको लागि विद्युत प्राधिकरण ठूलो हव बनाउनुपर्छ ।’

उहाँले विद्युत प्राधिकरणका ट्रान्सफर टेष्टिङ ल्याव र वर्कसपहरु प्रायः इन्टर्नसिपका विद्यार्थीले नै चलाएको बताउनु भयो । उहाँले विद्युत प्राधिकरणले १५ सय जना विद्यार्थीहरुलाई हरेक पटक लिने गरेको बताउनु भयो ।