८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित

‘नेपथ्य’ अब पुस्तकाकारमा

‘नेपथ्य’ अब पुस्तकाकारमा
अ+ अ-

काठमाडौं : संसारभर फैलिएका फरक–फरक नेपाली पुस्ताबीच नेपथ्य संगीतकर्ममा स्थापित नाम बनिसकेको छ ।  जन्मिएको साढे तीन दशकपछि अब भने यो ब्याण्ड सुनिने मात्र होइनपढिने सामग्रीका रुपमा पनि पाठकमाझ उपस्थित हुँदै छ । 

नेपाली श्रोता–दर्शकहरूले अत्यधिक मन पराएको सांगीतिक समूह नेपथ्यको जीवनीमा आधारित पुस्तकको अग्रिम बुकिङ योजना सन् २०२५ को प्रारम्भकै दिन खुला हुँदै छ । 

 हामीले आजसम्म अनेक जिज्ञासाहरूको जवाफ दिँदैआएका छौं,’ ब्याण्डका संस्थापक एवं मुख्य गायक अमृत गुरुङ भन्छन्, तरआजसम्म नसोधिएका थुप्रै प्रश्नहरूको उत्तर यो पुस्तकले प्रस्तुत गर्नेछ ।’

 पुस्तकमा नेपथ्यको जन्मउतारचढाव तथा गीतहरूको खोजीमा गरिएका संघर्षहरूको अनुभव पढ्न सकिन्छ । संगीतबाट अर्जित लोकप्रियतालाई नेपाली समाजको समग्र हितमा कसरी उपयोग गर्न सकिन्छ भनेर गरिएका प्रयत्नहरूको जानकारी पनि यसले समेटेको छ। पुस्तकमा ब्याण्डका उज्याला पक्षहरू मात्र नभई जानीनजानी भएगरेका अँध्यारा पाटाहरू र सिकाइ पनि इमादारीसाथ प्रस्तुत गर्ने आँट देखाइएको छ ।   

 नेपथ्य ब्याण्डसँगको दुई दशक लामो संगत र अनुभवका आधारमा लेखक गिरीश गिरीले यो किताब तयार पारेका हुन् ।  लेखक गिरीको अनुवादमा आनी छोइङ डोल्माको जीवनी ‘फूलको आँखामा’ र कुलचन्द्र गौतमको ‘आत्मकथा’ प्रकाशित छन् । साथै उनी ‘वीरगंज: मेरो सहरको कथा’ र ‘सत्यमोहन’ पुस्तकका पनि लेखक हुन् ।   

 विद्यार्थी कालमा ब्याण्डको प्रशंसकत्यसपछि कला पत्रकार हुँदै कालक्रममा नेपथ्यको नजिक बस्ने अवसरले मलाई ब्याण्डका धेरै पाटोबारे परिचित हुने मौका दियो,’ गिरीश भन्छन्, आफूले थाहा पाएका कुरामा थप खोजी र अध्ययन मिसाएर नेपथ्य पुस्तक तयार पारेको छु ।’

 गैरआख्यानको जीवनी विधामा उभिएको पुस्तकले नेपथ्य ब्याण्डको अन्तरंग कथा त भन्छ नैनेपाली संगीतको एक कालखण्ड –कलाखण्ड अध्ययन गर्न चाहनेहरूका लागि पनि उपयोगी खुराक दिने अपेक्षा गर्न सकिन्छ ।   

 सन् २०२२ मा नेपथ्यले महिना दिनभन्दा बढी अवधि लगाएर देशभर सांगीतिक यात्रा गरेको थियो । यो पुस्तकले पाठकलाई ब्याण्डसँगै त्यो यात्रामा सरिक गराउँछ भने हरेक स्थानसँग जोडिएका अनुभव र भोगाइहरूको माध्यमबाट ब्याण्डकै जीवनी अनि उसका सिर्जनाहरूको पनि कथा भन्दै जान्छ ।

 यो पुस्तकलाई पब्लिकेसन नेपालयले तयार पारेको हो ।

 यो वर्ष नेपालय र नेपथ्य एकअर्कासँग मिलेर अघि बढेको २५ वर्ष मनाउने अवसर पनि जुरेको छ,’ नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘नेपालयले आफूलाई नेपाली वांगमयसँग जोड्ने हिसाबले पब्लिकेसन नेपालयको थालनी गरेको पनि २० वर्ष पुगेको मौका पारेर नेपथ्य पुस्तक आउनुलाई उत्सवकै रूपमा लिएका छौं ।’

 नेपालयले नारायण वाग्लेको ‘पल्पसा क्याफे’ उपन्यासका माध्यमबाट २० वर्षअघि प्रकाशन गृह सुरु गरेको थियो ।  त्यस पुस्तकबाटै नेपाली साहित्यको बजारले विस्तारित नयाँ मोड लिएको भनेर विभिन्न अध्येता तथा समीक्षकहरूले उल्लेख गरिरहेका छन् ।

 नेपथ्य पुस्तकबाट हामीले नेपाली प्रकाशनको बजार व्यवस्थापनमा फेरि एउटा नयाँ मार्गको सम्भावना खोज्ने प्रयास गरेका छौं,’ पब्लिकेसन नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के भन्छिन्, ‘यसपाला पाठकहरूसम्म पुस्तकको सहज पहुँच स्थापना गर्न नौलो योजनासहित हामी अघि बढ्दै छौं ।’

 नेपथ्य ब्याण्डको वेबसाइट www.nepathya.com.np मार्फत परिचालन हुने यो योजनामा अग्रिम बुकिङका लागि १३ वटा फरकफरक स्किम उपलब्ध हुनेछ । योजनामा सरिक पाठकले केवल २५ रुपैयाँ तिरेर पनि पुस्तक हात पार्न सक्नेछन् ।  जबकि उही पुस्तक खरिद गर्नेले दुई हजार २५ रुपैयाँ पनि तिर्न सक्नेछन् । झट्ट सुन्दा कम मूल्य तिरेर पुस्तक खरिद गर्ने पाठक धेरै भाग्यमानी लागे पनि उक्त पुस्तकका लागि बढी मूल्य तिर्ने पाठकलाई पनि उत्तिकै लाभान्वित बनाउने हिसाबले योजना तय गरिएको छ । योजनामा सरिक पाठकहरूले घरमै बसेर पुस्तक सार्वजनिक हुने मिति अगावै आफ्नो प्रति प्राप्त गर्नेछन् ।