१८ असार २०८३, बिहीबार
,
Latest
कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार हुम्लामा सहुलियतको चामल बिक्री सुरु सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त संसद्मा विशेष समय जारी, सार्वजनिक खरिददेखि सहकारी संशोधन विधेयकमाथि छलफल हुँदै संसद्मा इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा कोरोना भाइरसबाट थप १९ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १९ जनाको मृत्यु भएको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ महिला र १४ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा तीन महिलासहित ९ जनाको मृत्यु भएको छ । 

मन्त्रालयका अनुसार काठमाडौंमा ७६ वर्षिया, ८१ वर्षिया र ८३ वर्षिया महिलाको मृत्यु भएको छ । यस्तै काठमाडौंमै २६ वर्षिय, ६५ वर्षिय, ६७ वर्षिय, ७८ वर्षिय, ८१ वर्षिय, ९१ वर्षिय पुरुषको मृत्यु भएको छ । पर्सामा ६५ र गोरखामा ४५ वर्षिया महिलाको मृत्यु भएको छ ।

यस्तै ललितपुरमा ३ वर्षिय बालक, ५५ वर्षिय पुरुष र ७१ वर्षिय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसैगरी सर्लाहीमा ४२ वर्षिय र ६९ वर्षिय पुरुष, सुनसरीमा ५५ वर्षिय पुरुष चितवनमा ६२ वर्षिय पुरुष नवलपरासीपूर्वमा ३६ वर्षिय पुरुषको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ५४ पुगेको छ ।