६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिमलको रुखको हाँगाले लागेर प्रजाको मृत्यु



सांकेतिक तस्बिर ।
अ+ अ-

मनहरी । यहाँको राक्सिराङ गाउँपालिका–३ सिमलडाँडामा रुखको हाँगा लागेर एक जनाको मृत्यु भएको छ ।

स्थानीय जङ्गलमा पानीको कुलो खन्ने क्रममा एक्कासि सिमलको रुखको हाँगा भाँचिएर लाग्दा आज ५२ वर्षीय महादेव प्रजाको मृत्यु भएको प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

सोही गाउँपालिका–५ ठाडे गाउँमा बस्दै आएका प्रजाको घटनास्थलमै मृत्यु भएको हो ।