२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेशी आयोगद्वारा एनपीएल खेलमा जनकपुर बोल्ट्सका समर्थकमाथि भएको दुव्र्यवहारको निन्दा



अ+ अ-

काठमाडौँ । मधेशी आयोगले जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स्बीच भएको अन्तिम खेलपछि बोल्ट्सका समर्थकहरु माथि भएको दुव्र्यवहारको भ्रत्सना गर्दै दोषी पक्षलाई कारबाही गर्न प्रहरी प्रशासनसँग अनुरोध गरेको छ ।

कीर्तिपुर खेलमैदानमा हिजो शनिबार सम्पन्न एनपीएल खेलका क्रममा जनकपुर बोल्ट्सका समर्थकमाथि भएको दुव्र्यवहारको निन्दा गर्दै आयोगले उक्त घटनामा संलग्न व्यक्तिहरूको यथाशीघ्र पहिचान गरी उनीहरूलाई सख्त कारवाही गर्न प्रहरी प्रधान कार्यालयसँग अनुरोध गरेको हो ।

आयोगका अध्यक्ष डा विजयकुमार दत्तले आज एक विज्ञप्ति जारी गरी यसकिसिमका घटनाप्रति राज्य तथा प्रहरी प्रशासन संवेदनशील नभएमा सामाजिक सदभाव तथा राज्यको चौतर्फी विकासमाथि नकारात्मक असर पर्ने तथा साम्प्रदायिक एवं सामाजिक सद्भावमाथि खलल पु¥याउनेतर्फ सम्बद्ध पक्षको ध्यानाकर्षण गर्नुभयो ।

सो घटनाका सन्दर्भमा आयोगले सदस्य जीवछ साह नेतृत्वमा उच्चस्तरीय टोली खटाइ स्थलगत निरीक्षणसहित घाइतेहरुसँग विस्तृत विवरण बुझेपछि आवश्यक निणर्य लिने स्पष्ट गरेको छ ।