२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलङ्काद्वारा विदेशी मुद्रा सञ्चिति १५ अर्ब अमेरिकी डलर पुर्याउने लक्ष्य



अ+ अ-

श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले बुधबार श्रीलङ्का सरकारले देशको विदेशी मुद्रा सञ्चितिलाई सन् २०२८ सम्ममा १५.१ अर्ब अमेरिकी डलर पु¥याउने लक्ष्य राखेको बताउनुभएको छ ।

दिसानायकेले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँगको तलबमा कर छुटको सीमा एक लाख (करिब ३४५ अमेरिकी डलर) बाट बढाएर एक लाख ५० हजार (करिब ५१७ डलर) पु¥याउने सहमति भएको बताउनुभयो ।

उहाँले आईएमएफले सेवा निर्यातमा लाग्ने कर हालको ३० प्रतिशतबाट घटाएर १५ प्रतिशतमा पु¥याउन सहमत भएको जानकारी दिनुभयो ।

उहाँले थप्नुभयो,“सरकारले सन् २०२५ फागुन १ देखि व्यक्तिगत प्रयोजनका लागि सवारी साधन आयात गर्न दिने निर्णय गरेको छ । यात्रु बस र विशेष प्रयोजनका सवारीसाधनमाथिको आयात प्रतिबन्ध मङ्सिर १४ गतेअघि नै फुकुवा भइसकेको छ ।” रासस