१८ असार २०८३, बिहीबार
,
Latest
जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन् ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह पीडित बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाइयोस्ः पद्मा अर्याल यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन श्रममन्त्री यादव भन्छन्ः ढुक्क हुनुस्, हामी देश यसैपालि बनाउँछौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा. केसी र सरकारबीचको वार्ता चार बजे फेरि बस्ने



अ+ अ-

काठमाडौं । सरकारी टोली र डा. गोविन्द केसीका प्रतिनिधिबीच भएको वार्ता केही समयका लागि स्थगित भएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज (बिहीबार) विहान साढे दश बजेदेखि जारी वार्ता दिउसो ४ बजे फेरि बस्नेगरी स्थागित भएको नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले बताउनुभयो । उहाँले विहानदेखि भएको वार्तामा सरकारी टोलीसँग डा. केसीका मागहरुको सम्बन्धमा बुँदागत छलफल भएको बताउनुभयो ।

अहिलेसम्म भएको छलफललाई ड्राफ्ट बनाई दुवै पक्षबीच फेरि छलफल भई दिउसो ४ बजे वार्तामा बस्ने सहमति भएको डा. कार्कीले बताउनुभयो । उहाँले आफुहरु जतिसक्दो छिटो वार्तालाई निष्कर्षमा पुर्याउन चाहेको समेत बताउनुभयो ।

चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न माग राख्दै डा. केसी २५ दिन यता अनशनरत हुनुहुन्छ ।

सरकारले डा. केसीसँग वार्ता गर्नका लागि बुधबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । जसमा मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी, चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलिप शर्मा सदस्य रहनुभएको छ ।

सरकारले वार्ता टोली गठन गरेसँगै डा. केसीको तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय टोली गठन भएको थियो ।

वार्ता टोलीमा चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, संघका पूर्व अध्यक्ष डा. अन्जनी कुमार झा, अधिवक्ता ओमप्रकाश अर्याल सदस्य रहनुभएको छ ।