२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिकित्सकको सुझाव: जाडोमा शरीरका हाड जोर्नी दुख्ने समस्या भने यसो गर्नुहोस- भिडियो सहित



अ+ अ-

काठमाडौं । मुख्यत: जाडो मौसममा धेरैलाई समस्या हुन्छ – जोर्नी दुख्ने समस्या र बाथ रोग । चिसोको समयमा जोर्नीको दुखाइ जुनसुकै उमेरका मानिसलाई पनि हुन्छ । चिसोयाममा जीवनशैलीमा परिवर्तन आउने हुन्छ ।

चोटपटक लागेर भाँच्चिएको वा मर्किएको ठाउँमा पनि दुख्छ ।विभिन्न रोगका कारणले पनि जोर्नी दुख्छ । युरिक एसिड, बाथरोग, इन्फेक्सनको कारणले गर्दा पनि दुखाइ हुन्छ । ५० वर्षभन्दा बढी उमेरका कतिपय व्यक्तिको हड्डी खिइँदै गएको हुन्छ ।

हड्डी खिइँदै जाँदा दुखाइ बढ्ने हुन्छ । एकैठाउँमा बस्दा, शारीरिक व्यायाम नगर्दा, भिटामिन डी, क्याल्सियमको कमी हुँदा पनि जोर्नीको दुखाइ बढ्ने हुन्छ ।

नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीका एशोसिएट प्रोफेसर डा. अनिल घिमिरेको सुझाब यस्तो छ ।