२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ: मन्त्री पोखरेल News Polar बाँकेमा हराउँदै स्थानीय बाली News Polar खगेन्द्र–सुरक्षाको जोडी लिएर दीपेन्द्रले गुपचुप बनाए ‘श्रीमान् श्रीमती’ News Polar आईपीयू महासभामा नेपालको जलवायु विपद्सम्बन्धी आपत्कालीन एजेण्डा दुईतिहाइ बहुमतले अनुमोदन News Polar विश्व वरियतामा नेपाल १६औँ स्थानमा News Polar हामी निर्वाचनको आन्तरिक तयारीमै छौँः प्रमुख निर्वाचन आयुक्त कार्की News Polar लुटपाटमा संलग्न चार जना पक्राउ News Polar ऊर्जामा आधारित अर्थतन्त्र निर्माण राष्ट्रिय प्राथमिकता : मन्त्री श्रेष्ठ News Polar विद्यादेवी भण्डारीले लिनुभयो एमालेको वरिष्ठ उपाध्यक्ष पदको शपथ News Polar एमाले स्थायी कमिटी बैठक च्यासलमा सुरु, वरिष्ठ नेता विद्यादेवी भण्डारी पनि सहभागी News Polar कांग्रेस महाधिवेशन : मतदानको तयारी अन्तिम चरणमा News Polar बाढी–पहिरोमा १ हजार ४५५ जनाको मृत्यु, ५ हजार २८५ अझै बेपत्ता News Polar ११ वर्षपछि एमालेको वरिष्ठ नेताका रूपमा स्थायी कमिटी बैठकमा सहभागी हुँदै विद्या भण्डारी News Polar २४ दिनदेखि आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ? News Polar भरुवा बन्दुक बनाउने आरोपमा मोरङमा एक जना पक्राउ News Polar लागुऔषधसहित २५ जना पक्राउ News Polar “दृष्टिविहीन व्यक्तिको स्वतन्त्रता, सुरक्षा र अधिकारको प्रतीक सेतो छडी” News Polar कांग्रेसको मतदान २ बजेपछि मात्रै सुरु हुने News Polar पार्टीबाट निष्कासनपछि भोजपुरकी उपप्रमुख शेर्पाको राजीनामा News Polar सामुदायिक विद्यालयमा इन्टरनेट पहुँच ८५ प्रतिशतभन्दा बढी

हवाई उद्धारसम्बन्धी निर्देशिका जारी

हवाई उद्धारसम्बन्धी निर्देशिका जारी
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमण भई गम्भीर अवस्थामा पुगेका बिरामीको उपचारका लागि हवाई उद्धार गर्ने भएको छ । त्यसका लागि एयर लिफ्टिङ गर्ने सम्बन्धी मापदण्ड–२०७७ जारी गरिएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना सङ्क्रमण भई गम्भीर अवस्थामा पुगेका बिरामीका लागि सुरक्षित रूपमा तत्काल विमान मार्फत उद्धार गरी उपचार गर्नुपर्ने भएकाले उक्त निर्देशिका जारी गरिएको जानकारी दिए ।

उनले मापदण्ड गम्भीर प्रकृतिका कोभिड–१९ बिरामीका लागि लागू हुने जानकारी दिँदै साधारण र मध्यम प्रकृतिका बिरामीका लागि एयर लिफ्टिङ नगरिने बताए । डा. अधिकारीले सङ्क्रमितले उपचार गरिरहेको अस्पतालमा उपचार सम्भव नभएको भनी उपचाररत चिकित्सकले अनिवार्य रूपमा सिफारिस गरेको हुनुपर्ने बताए । उनले विमान अवतरण गर्ने स्थानबाट बिरामीलाई अस्पतालसम्म पुर्याउन मापदण्ड पूरा गरेका एम्बुलेन्सलाई अग्रिम निश्चित गरेको हुनुपर्ने मापदण्डमा उल्लेख गरिएको बताए । यस्तै एयर लिफ्टिङ गर्दा विमान, हेलिकप्टर, एयर एम्बुलेन्सले जनस्वास्थ्यका मापदण्ड अपनाई कोभिड–१९ बिरामीको ओसारपसार गर्नुपर्ने हुन्छ ।

उक्त मापदण्डमा विमानमा एक जना मेडिकल अफिसरसहित कम्तीमा दुई स्वास्थ्यकर्मी अनिवार्य हुनुपर्ने र उक्त व्यवस्था विमान कम्पनीले नै गर्नुुपर्ने छ। विमानमा अक्सिजनका साथै लाइफ सेभिङ मेडिसिन, पर्याप्त मात्रामा पीपीई, सेनिटाइजर, डिसइन्फेक्टेड लगायत औषधि तथा औषधिजन्य सामग्री अनिवार्य रूपमा हुनुपर्ने, विमान चालक दलका कर्मचारी, स्वास्थ्यकर्मी, बिरामी तथा बिरामीका आफन्तले अनिवार्य रूपमा जनस्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने छ। गोरखापत्र दैनिक