७ श्रावण २०८३, बिहीबार
,
Latest
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वसाधारणले हेलचेक्रयाइँ गरे पुनः लकडाउन गर्ने



अ+ अ-

काठमाडौं । सरकारले विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट बच्न अपनाउनुपर्ने सावधानी नअपनाई सर्वसाधारणले हेलचेक्रयाइँ गरे पुनः लकडाउन गर्ने तयारी गरेको छ । नागरिकले सामाजिक दूरी कायम नगर्ने, मास्क नलगाउने र स्वास्थ्य मापदण्ड पालना नगरे कोरोना रोकथाम तथा नियन्त्रणका लागि पुनः लकडाउन गर्ने तयारी गरिएको हो । सरकारले आफ्नो प्राथमिकता लकडाउन गर्ने नभए पनि सर्वसाधारणबाट हेलचेक्रयाइँ गरिएमा र संवेदनशील नभएमा लकडाउन गर्न बाध्य हुने जनाएको छ । सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारको बारम्बारको अपिलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा आइतबार प्रवक्ता ज्ञवालीले नागरिकको जीवनरक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको उल्लेख गरे ।

‘अहिलेको अवस्थामा लकडाउन र निषेधाज्ञा गर्ने कुरा सरकारको प्राथमिकता होइन तर नागरिक संवेदनशील नभए लकडाउन गर्न सरकार बाध्य हुन्छ,’ उनले भने । सरकारका प्रवक्ता ज्ञवालीले चाडबाडको समयमा नागरिक सचेत भए लकडाउन गर्ने अवस्था नआउने भन्दै बारम्बारको अपिलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने जनाए । सरकारले नागरिकलाई कोरोना संक्रमण जटिल अवस्थामा आउन नदिन सचेतना अपनाउन, स्वास्थ्य मापदण्ड पालना गर्न र संवेदनशील बन्न आग्रहसमेत गरेको छ । सरकारले पुनः देशव्यापाी लकडाउन गर्नेभन्दा पनि पछिल्ला दिनमा तीव्र रूपमा संक्रमण फैलिरहेको काठमाडौं उपत्यका तथा संक्रमण तीव्र रूपमा फैलिरहेको क्षेत्रमा निषेज्ञाधा लगाउने तयारी गरेको स्रोत बताउँछ । काठमाडौं उपत्यकामा फैलिएको संक्रण रोकथामका लागि सीसीएमसी बैठकमा छलफलसमेत सुरु भएको छ ।

सीसीएमसीको शनिबार बसेको बैठकमा काठमाडौं उपत्यकामा कोरोनाका कारण जटिलता र चुनौती थपिएको निष्कर्ष निकालिएको थियो । सरकारका प्रवक्ता ज्ञवालीले आइतबार कोरोना भाइरसको महामारीविरुद्धको लडाइँमा काठमाडौंपछि परेको समेत उल्लेख गरे । हरेक राजनीतिक सामाजिक परिवर्तनको नेतृत्व गर्ने काठमाडौं महामारीविरुद्धको लडाइँमा भने पछि परेको उनको भनाइ छ ।

मन्त्री ज्ञवालीले कोरोना नियन्त्रणमा कतिपय जिल्लाको प्रयास उदाहरणीय भए पनि काठमाडौंको व्यवस्थापनमा भने गम्भीर चुनौती थपिएको उल्लेख गरेका छन् । उनले ४० लाख जनसंख्या भएको काठमाडौंमा कोरोना भाइरस अनियन्त्रित बनेमा अवस्था भयावह हुने र संक्रमितको संख्या बढ्दै गएमा स्वास्थ्य संरचनाले नधान्ने समेत जनाएका छन् । राजधानी दैनिक